किन लाग्छ बाडुली, कसैले सम्झिएर हो ? थाहापाईराख्नुहोस ।.
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जो सुकै मानिसलाई पनि बाडुली लाग्छ । बाडुली लाग्नुलाई प्राय सामान्य मानिन्छ । अझ पूर्वी दर्शनमा त बाडुली लाग्नुलाई कसैले सम्झेको भन्ने अर्थ लगाइन्छ ।


तर कसैले सम्झेर बाडुली लाग्ने होइन । बाडुली लाग्नुको कारण अर्कै रहेको छ । धेरै बेरसम्म बाडुली लाग्यो भने त्यो खतरा पनि हुनसक्छ । धेरै बेरसम्म बाडुली लाग्यो भने चिकित्सक कहाँ जानु पर्ने हुन्छ ।
सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ । हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ ।

यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई‘ ‘डायफ्रम’ भनिन्छ । त्यही डायफ्रममा कुनै कारणले उत्तेजना भयो भने त्यो अचानक खुम्चिनमात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो स्वरयन्त्र बीचको भाग बन्द हुन पुग्छ ।

बाडुली लाग्नु भनेको हाम्रो फोक्सो र वरिपरिका मांशपेशीहरुमा अचानक आउने खुम्चाई हो । जसले गर्दा हामी सास भित्र लिन पुग्छौं । खासमा हाम्रो मांशपेशी खुम्चिएपछि हाम्रो स्वास नलीलाई बन्द गरिदिंदा हिक–हिक आवाज आउँछ । यो अवस्थालाई नेपाली भाषामा‘ ‘बाडुली लागेको’ भनिन्छ ।

बाडुली सामान्यतया केही मिनेट रहन्छ र पछि आफैं ठीक पनि हुन्छ । तर कहिलेकाहीँ निक्कै बेरसम्म पनि लागिरहन सक्छ । केही गरी हामीलाई २४ घण्टाभन्दा बढी समयसम्म बाडुली लागिरह्यो भने त्यसो हुनुमा केही गम्भीर कारणहरु पनि हुन सक्छन् र हामीले तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ ।

किन लाग्छ बाडुली ?
यसको जवाफ अझै वैज्ञानिकहरुले किटेर भन्न सकेका छैनन् तर बाडुली लाग्ने स्थिति चाहिँ हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा पैदा हुने दबाबले निम्त्याउँछ । उक्त स्नायुले हाम्रो डायफ्रमको गति र श्वासप्रश्वासको क्रियालाई पैदा र नियन्त्रण गरिरहेको हुन्छ । तर ट्युमर वा मिर्गौलाका केही रोगहरु लाग्दासमेत हामीलाई बाडुली लाग्न सक्छ ।
त्यसो त, प्राचीन कालमा सबै प्राणी र मानिससमेत पानीबाट विकसित भएर जमिनमा आएको र त्यसबेला गिलले सास फेर्नुपर्ने प्राकृतिक नियमको अवशेषको रुपमा बाडुली रहेको मान्नेहरु पनि वैज्ञानिक जगतमा छन् । विशेष गरि फ्रान्सका अनुसन्धानकर्ताहरुका अनुसार बाडुली लाग्नुको रहस्य हाम्रो जीव विकाशक्रमको कुरासँग जोडिएको छ र यसले के संकेत गर्छ भने मानिसको प्राचीन पुर्खा पनि कुनै बेला समुद्रबाटै उत्पति भएको जीवबाट विकास भएको हो । त्यसैले उनीहरुको विश्वास अनुसार बाडुली भनेको तिनै समुद्रमा बस्ने जीवको अवशेष हो ।

जुन बेला उनीहरु फोक्सोको माध्यमबाट नभई फुल्काको माध्यमबाट सास फेर्ने गर्थे । पछिल्लो समय पेरिसको अस्पतालमा क्रिस्चियन स्ट्राउसको नेतृत्वमा रहेका वैज्ञानिहरुको एक टोलीले गरेको दाबी अनुसार बाडुलीकै जस्तो प्रक्रियाले पानीमा बस्ने र फुल्काको मद्दतले सास फेर्ने जीवहरुको फुल्काको प्वाललाई खोल्ने र बन्द गर्ने क्रियालाई नियन्त्रण गरिरहेको हुन्छ । बाडुलीले हाम्रो जीवनमा कुनै कारण र महत्व राख्दैन ।

बाडुली लाग्दैमा शरीरलाई खासै फाइदा पनि हुँदैन र सामान्यता अप्ठेरो हुनुको अलावा अरु कुनै नोक्सान पनि गर्दैन । यही कारणले गर्दा बाडुली किन लाग्छ भन्ने कुराले वैज्ञानिकहरुलाई नै अन्यौलमा पारेको छ । यसबारे अझै अनुसन्धान जारी रहेको छ ।खबर डबलीबाट
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z