प्रहरी नियन्त्रणमा रहेका आशिष चौधरीले भने, ‘विमलकी बहिनी मेरी गर्लफ्रेन्ड थिइन्’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मनिषाको शब पोष्टमार्टमको लागि शव टिचिङ ल्याइँदै
काठमाडौं–नेपाली फुटबल टिमका स्ट्राइकर विमल घर्तिमगरकी बहिनी मनिषाको हत्या आशंकामा प्रहरी नियन्त्रणमा रहेका आशिष चौधरीले मनिषा आफ्नी प्रेमीका भएको दावी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी राजेन्द्र प्रसाद चौधरीका अनुसार वास्तविक नाम रुद्र नारायण चौधरी भएका आशिषले त्यस्तो दावी गरेका हुन् । ‘उसले मेरो गर्लफ्रेन्ड हो भनेको छ, हामी अनुसन्धान गरिरहेका छौं’, एसपी चौधरीले भने ।
११ कक्षामा अध्ययनरत १७ बर्षिया मनिषाको शव विहीबार विहान नवलपरासीको बर्दघाट नगरपालीका–११ स्थित आफ्नै घरमा फेला परेको थियो ।
घरको खाटमा मृत अवस्थामा फेला परेको उनको शव पोष्टमार्टका लागी राजधानीको टिचीङ अस्पताल पठाउन लागिएको एसपी चौधरीले जानकारी दिए ।
स्थानीयहरुका अनुसार आशिष र मनिषाको घरका दुरी धेरै टाढा छैन ।
राजमार्ग छेउमा घर भएका आशिषले मंलबार साँझ नौ बजेतिर मनिषालाई फोन गरेर ‘आज जे पनि हुनसक्छ’ भन्दै धम्की दिएका थिए ।
घटना भएको रात मनिषाकी आमा बैंकको कामले वुटवल गएकी थिइन् । उनकी हजुरवुवा भने औषधी लिनका लागि चितवन गएका थिए । मनिषा घरमा एक्लै रहेको कुरा थाहा पाएका आशिष राती नै उनको घरमा पुगेर झगडा गरेको छिमेकी विकास गुरुङले बताए । प्रहरीका अनुसार झगडा गरेर आशिष बाहिरीएका थिए भने भोलिपल्ट (आज बिहान) बिहान घाँटीमा निलडाम लागेको अवस्थामा मनिषाको शव फेला परेको थियो ।bimal gharti kop ghar (2)
एसपी चौधरीका अनुसार मनिषाको घाँटीमा पासोले कसेको हुनसक्ने अनुमान गरिएको छ । चौधरी भन्छन्, ‘घाँटीमा पासोले कसेको हुनसक्छ, पोष्टमार्टमको रिपोर्ट नआइ थाहा हुँदैन ।’
स्थानीयहरुका अनुसार आशिष चौधरी र मनिषा प्रेम सम्वन्धमा रहेकोबारे दुवै पक्षका परिवार जानकार थिए । आपसी विवादमा हत्या भएको हो वा योजनाबद्ध हत्या हो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

###

0 comments
Write Down Your Responses