अमेरिका र भारतलाई चुनौति दिँदै चीन, अमेरिकालाई बढी असर पर्ने भएपनि निकै तर्सियो भारत
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी । पछिल्लो समयमा अमेरिका र भारतका लागि चीन चिन्ताको विषय बन्दै गउको छ । चीनले प्रशान्त महासागरमा परमाणु मिसाइलबाट पनडुब्बी पठाउने भएको छ ।

चिनियाँ सेनाका उच्च अधिकारीलाई उद्धृत गर्दै बेलायती मिडियाहरुले अमेरिकाको नयाँ वेपन सिस्टमले चीन प्रशान्त महासागरमा उत्रिन लागेको हो ।


चीनले यी पनडुब्बीहरुलाई महाशागरमा कहिले पठाउँदैछ भन्ने मिति उल्लेख नभएपनि यो कदमलाई कुनै हालतमा रोक्न नसकिने उल्लेख छ । अमेरिकाले ति कदमको बारेमा जानकारी गराएको छ ।

यसका लागि चिनियाँ सेनाले अमेरिकाद्धारा दक्षिण कोरियामा थाड ऐन्टी ब्यालिस्टिक सिस्टम तैनाथ गरेको उदाहरण दिएका छन् ।


अमेरिकी रक्षा विभाग पेन्टागनले कंग्रेस संसद०मा हालै प्रस्तुत गरेको रिपोर्टमा चीनले यसै वर्षभित्र प्रशान्त महासागरमा परमाणु हतियारसहितको पनडुब्बी पठाउन सक्ने उल्लेख गरिएको थियो ।

बेलायती पत्रिका द गार्डियनको रिपोर्टमा यदि प्रशान्त महासागरमा परमाणु क्षमतासहित पनडुब्बीहरु तैनाथ भएभने त्यसले दुरगामी असर पार्ने पनि उल्लेख गरेको छ । यस्तै भारतीय सञ्चार माध्यम नवभारत टाईम्सका अनुसार यसले दक्षिण एसियामा बढी असर पर्ने भनेर चीनको विरोध गरेका छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z