चीनबाट रेलमा ल्याइएको सामग्री रसुवागढी पुग्यो, काठमाडौँ ल्याइँदै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
धुन्चे (रसुवा), ६ जेठ । नेपाल-चीनबीचको उत्तरी नाका रसुवागढीताल रेल सेवामार्फत आएको सामग्री नेपाल भित्रने तयारी भइरहेको छ ।
काठमाडौँमा व्यवसायीले मगाएका विभिन्न प्रकारका व्यावसायिक सामान सिगात्सेसम्म रेल र केरुङ, पाङसाङसम्म ट्रकमा आइपुगेका छन् । नेपाल पठाउन आज अपराह्नदेखि नेपाली कन्टेनरमा लोड गर्ने कार्य सुरु भइसकेको चिनियाँ ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टेसनले टेलिफोन मार्फत जनाएको छ । केरुङको पाङसाङबाट रसुवागढीसम्मको दूरी ३२ किमी छ ।
चिनियाँ ब्रान्डका तयारी कपडा, इलेक्ट्रिक सामान, जुत्ता, चप्पल, कम्बल, सिरक लगायत विभिन्न सामान ल्याइएको मुसा ट्रान्सपोर्टेसनका प्रबन्ध निर्देशक ज्याङसे पिङले जानकारी दिए । ती सामग्री शुक्रबार रसुवागढी भित्रने बताइएको छ । रासस

###
0 comments
Write Down Your Responses