अफगानिस्तान सहित चार मुलुकमा जान प्रतिबन्ध
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
द्वन्द्वग्रस्त चार मुलुकमा कामदार पठाउन प्रतिबन्ध लागेको छ । मन्त्रिपरिषद्ले अफगानिस्तानसहित इराक, सिरिया र लिबियामा कामदार पठाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
बालुवाटारमा बिहीबार सााझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि द्वन्द्वग्रस्त चार देशमा कामदार पठाउन श्रम स्वीकृति रोक्का गर्ने निर्णय गरेको छ । आतंककारी समूहको निशानामा निर्दोष नेपाली पर्ने गरेकाले त्यस्ता देशमा जान प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।
अफगानिस्तानमा मारिएकाका आफन्तलाई १०–१० लाख
काबुलमा मारिएका १३ नेपालीका आफन्तलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाा दिने निर्णयसमेत भएको वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले जानकारी दिए । घाइते सबैको निस्शुल्क उपचार गर्ने निर्णय पनि भएको सापकोटाले बताए ।
द्वन्द्वगस्त देशबाट फर्कन चाहनेलाई सरकारले ल्याउने
अफगानिस्तान, इराक, सिरिया र लिबियाजस्ता द्वन्द्वग्रस्त देशमा पुगेका नेपाली कामदार फर्कन चाहेमा सरकारले निस्शुल्क नेपाल ल्याउने भएको छ । ती देशबाट फर्कन चाहनेको विवरण तयार गरेर फर्काउने व्यवस्था गर्न मन्त्रिपरिषद् बैठकले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । – नयाँ पत्रिका
बालुवाटारमा बिहीबार सााझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि द्वन्द्वग्रस्त चार देशमा कामदार पठाउन श्रम स्वीकृति रोक्का गर्ने निर्णय गरेको छ । आतंककारी समूहको निशानामा निर्दोष नेपाली पर्ने गरेकाले त्यस्ता देशमा जान प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।अफगानिस्तानमा मारिएकाका आफन्तलाई १०–१० लाख
काबुलमा मारिएका १३ नेपालीका आफन्तलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाा दिने निर्णयसमेत भएको वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले जानकारी दिए । घाइते सबैको निस्शुल्क उपचार गर्ने निर्णय पनि भएको सापकोटाले बताए ।
द्वन्द्वगस्त देशबाट फर्कन चाहनेलाई सरकारले ल्याउने
अफगानिस्तान, इराक, सिरिया र लिबियाजस्ता द्वन्द्वग्रस्त देशमा पुगेका नेपाली कामदार फर्कन चाहेमा सरकारले निस्शुल्क नेपाल ल्याउने भएको छ । ती देशबाट फर्कन चाहनेको विवरण तयार गरेर फर्काउने व्यवस्था गर्न मन्त्रिपरिषद् बैठकले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । – नयाँ पत्रिका

###


0 comments
Write Down Your Responses