अन्तत: ईयुबाट बाहिरिने भयो ब्रिटेन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पाउन्ड, तेल र सेयर बजारमा भारी गिरावट
एजेन्सी: ब्रिटेन युरोपियन युनियन (ईयू) बाट बाहिरिने करिब पक्का भएको छ । हिजो भएको जनमतसंग्रहको मत आइरहँदा बाहिरिने पक्षमा ५१ प्रतिशत जनता उभिएका छन् ।
जनमतसंग्रहको परिणाम आइरहँदा ब्रिटेनी जनताले ईयूबाट बाहिरिने स्पष्ट सन्देश ईयू सदस्य राष्ट्र र ब्रिटेन सरकारलाई दिएका छन् ।
मतपरिणामअनुसार अधिकतम अर्थात ५१ प्रतिशत जनताले 'बाहिरिने' यानकि ब्रिटेन ईयुको सदस्य नरहने पक्षमा मतदान गरेपछि विश्वभर सेयर बजारमा उथलपुथल आएको छ भने तेलको मूल्यमा पनि भारी गिरावट आएको छ ।
मतपरिणाम अनुसार अहिलेसम्म ईयुको सदस्यमै 'रहने' पक्षमा ४८.७  प्रतिशत जनता उभिएका छन्  । अहिलेसम्मको परिणाम अनुसार १ करोड ४३ लाख ५६ हजार ५ सय ३३ जना ईयुबाट बाहिरिने पक्षमा उभिएका छन् भने १ करोड ३४ लाख ९ हजार ६ सय ११ जना ईयुमै रहने पक्षमा उभिएका छन् ।
एक अनुमानका अनुसार अनुसार ४ करोड ६० लाख भन्दाबढी जनताले यो जनमतसंग्रहमा भाग लिएका थिए । यस जनमत संग्रहपछि अहिलेसम्म ३८२ मा १७० क्षेत्रको मतपरिणाम आइसकेको छ ।
ब्रिटेनमा कुनै पनि चुनवमा यति धेरै जनताले भाग लिएको यो पहिलो पटक हो । राजधानी लण्डनसहित दक्षिण-पूर्व ब्रिटेनका कयौं इलाकामा खराब मौसमका बाबजुत उत्साहित हुँदै मानिसहरु मतदानमा सहभागी थिए ।
मतपरिणाम आएसँगै ब्रिटेनी मुद्रा पाउन्डको भाउ ह्वात्तै घट्न पुगेको छ।  नतिजा आउनुअघि पाउन्डको मूल्य १.५० डलरमा चलिरहेको थियो । तर जब नतिजाले ईयुबाट बाहिरिने संकेत दियो तब पाउन्डको मूल्य घटैर १.४१ डलरमा पुगेको छ । मुद्रा कारोबारीहरुका अनुसार सन् २००८ को आर्थिक संकटपछि पहिलो पटक पाउन्डको मूल्यमा यति धेरै गिरावट आएको हो ।
यसअघि पनि सन् १९७५ मा यस्तै किसिमको जनमतस‍ंग्र भएको थियो । त्यो बेला धेरै ब्रिटेनबासीले युरोपियन युनियनमा रहने पक्षमा मतदान गरेका थिए ।
ब्रिटेनी प्रधानमन्त्री डेभिड क्यामरन पत्नी सामन्तासँग भोट हालेपछि ब्रिमेन (ब्रिटेनले ईयुमा रहिरहने) पक्षमा ट्वीट गरेका थिए । उनले ट्वीटमा ब्रिटेनको राम्रो भविष्यका लागि ईयुमा रहिरहने पक्षमा मतदान गर्न जनतालाई अपिल गरेका थिए ।
लण्डनका पूर्वमेयर बोरिस जोनसनले ट्वीट गरेर ब्रिटेनबासीसँग ब्रेक्जिट (ब्रिटटेन ईयुबाट बाहिरिने) पक्षमा समर्थन गर्दै देशको स्वतन्त्रताको खुसी मनाउन अपिल गरेका थिए । जोनसन ब्रिटेनका अघिल्ला प्रधानमन्त्रीका बलिया दाबेदार हुन् ।
सन् २००८ मा ब्रिटेनको अर्थव्यवस्था मन्दीको चपेटामा परेको थियो । देशमा बेरोजगारी बढेपछि बढेपछि यही कारण ब्रिटेन ईयुमा रहने या नरहने भन्ने बहसले तीब्रता पाएको थियो ।
यस मागलाई सन् २०१५ मा ब्रिटेनमा भएकव आमचुनावमा युनाइटेड किङ्गडम इन्डिपेन्डेन्स पार्टी (युकेआईपी) ले उठाएको थियो । यो पक्षले यदि ब्रिटेन ईयुबाट बाहिरियो भने अहिले झेलिरहे्का सबै किसिमका दु:ख र तनाव सकिने दाबी गर्दै आएको छ ।
ब्रिटेनमा एक पक्षले युरोपियन युनियनबाट बाहिरिनु देशका लागि ठूलो झट्का हुने बताउँदै आएको छ। प्रधानमन्त्री डेभिड क्यामरन र कन्जर्भेटिभ पार्टीले पनि यही धारणा राख्दै आएको छ ।
ब्रिटेनका नागरिकबीच पनि यसबारेमा मत बाँडिदै आएको छ। यही विवादलाई लिएर सरकारले जनमत संग्रह गराएको हो । यो जनमत संग्रहमा ४ करोड ६० लाख मानिसले भाग लिएका थिए ।
 College

बाहिरिँदा ब्रिटेनलाई फाइदा
ब्रिटेनलाई प्रत्येक वर्ष युरोपियन युनियनको बजेटका लागि ९ अर्ब डलर दिनुपर्ने छैन । ब्रिटेनको सीमामा बिना अवरोध भइरहेको आवतजावतमा लगाम लाग्नेछ ।

फ्री भिसा नीतिका कारण ब्रिटेनलाई भइरहेको नोक्सान पनि कम हुनेछ ।

बाहिरिँदा ब्रिटेनलाई घाटा
युरोपियन युनियनबाट बाहिरिँदा ब्रिटेनलाई आर्थिक वृद्धिमा १ देखि ३ प्रतिशतसम्म नोक्सान हुनेछ । ब्रिटेनका लागि सिंगल मार्केट प्रणाली समाप्त हुनेछ ।

अन्य युरोपेली देशमा ब्रिटेनलाई व्यापारसँग जोडिने समस्या बढ्नेछ । पुरै युरोपियन युनियनमाथि भइरहेको ब्रिटेनको दबदबा समाप्त हुनेछ ।

के हो युरोपियन युनियन?
युरोपियन युनियन २८ वटा युरोपेली देशको साझा संगठन हो । सन् १९७५ मा ६ देश (बेल्जियम, फ्रान्स, इटाली, लक्जेमबर्ग, नेदरल्यान्ड्स) रे युरोपियन युनियनको बीउ रोपेका थिए ।

सन् २०१५ सम्मको आँकडा अनुसार युरोपियन युनियनको जनसंख्या ५० करोड भन्दा धेरै रहेको छ ।

युरोपियन युनियनमा रहेका सबै देशको एउटै मुद्रा प्रचलनमा रहेको छ । ईयुमा सामेल भएका २८ वटा देशका नागरिक ती कुनै पनि देशमा बस्न सक्नेछन् । साथै व्यापार (फ्री ट्रेड) पनि गर्ने हैसियत राख्छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z