अख्तियार प्रमुख लोकमानलाई महाअभियोग लगाउन माग गर्दै डा केसी २६ गतेदेखि अनसन बस्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं– चिकित्सा शिक्षा र सेवा सुधारका लागि निरन्तर संघर्ष गरिरहेको डा गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका छन् । आज शिक्षण अस्पताल महराजगञ्जमा गरिएको पत्रकार सम्मेलनमा यस्तो माग गरेका हुन् ।
आफ्नो र आफन्तको निहीत व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधार प्रक्रिया अवरुद्ध पारेका भ्रष्टलाई संरक्षण दिएको र अरु जिम्मेवार पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजिनामा दिन बाध्य पारेको र काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा कार्यक्षेत्र नाघेर हस्तक्षेप गरेको लगायत आरोप छन् । यसमा सामेल अन्य आयुक्तमाथि पनि कारबाही गर्न उनले माग गरेका छन् ।
उनका अन्य माग यसप्रकार छन्
-सबै मेडिकल शिक्षण संस्थाको आर्थिक भार सरकारले बेहोर्दै तिनमा सबै निःशुल्क गर्ने
-सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने
-काठमाडौं उपत्यका आउँदा १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनशाय पत्र पाएकाको नविकरण नगर्ने
-आगामी शैक्षिकसत्रदेखि केन्द्रीय परीक्षा लिने व्यवस्था गर्ने र त्यसका लागि हाल परीक्षा लिइरहेकासँग सहकार्य गर्ने
-अधिकतम शुल्क र सिट यो वर्ष नेपाल मेडिकल काउन्सिलले शिक्षा मन्त्रालय र विश्वविद्यालयले गरेझैं हुने व्यवस्था गर्ने
-माथेमा प्रतिवेदन विपरित हाल काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठान सम्बन्धि हाल संसदमा रहेको विचाराधिन विधेयक तत्काल फिर्ता हुनुपर्ने
– विगतमा भएका सम्झौता पालना गर्नुपर्ने
यी विभिन्न माग सहित आन्दोलनमा उत्रिएका डा केसीले महाअभियोग लगाउने लगायतका माग पूरा गर्न असार २६ गतेसम्म समयसीमा दिएका छन् । यो समयभित्र माग पूरा नभए अनशन बस्ने बताएका छन् ।

###
0 comments
Write Down Your Responses