रंगशालामा झडप, क्रोएसियाका समर्थकले गरे आफ्नै खेलाडीमाथि आक्रमण
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
असार ४ – क्रोएसिया र चेक रिपब्लिक बिचको खेलको क्रममा रंगशालमा झडप भएको छ । खेलको अन्तिम समयतिर क्रौएसियाका समर्थकले मैदानमा आगो सल्किएका बस्तु फाल्नुका साथै आफूआफू नै लडेका हुन् । क्रोएसियाले २–१ अग्रता लिएको अवस्थमा रंगशालको एक कुनाबाट क्रोएसियाका समर्थकले आगो सल्किएका बस्तु मैदानमा फालेका हुन् । याे खेल २-२ को बराबरीमा सकियाे । क्रोएसियाका समर्थकले खेलको अन्त्यतिर सान्टी चिएनामा रहेको रंगशालामा तोडफोड सुरु गरेका थिए । उनीहरुले १५ वटा आगो सल्किएका बस्तु मैदानमा फालेका थिए । क्रोएसियाका खेलाडीले आफ्ना समर्थकलाई शान्त हुन आग्रह गरेपनि उनीहरुले खेलाडीमाथि नै आगोको लप्का र बोतलसहितका बस्तु प्रहार गरेका थिए । समर्थकहरु आफूआफूपनि लडेका थिए । यसका कारण खेल पाँच मिनेट रोकिएको थियो । क्रोएसियाका स्ट्राइकर मारियो मान्जुकी समर्थकले प्रहार गरेको आगोको लप्काले लाग्नबाट अलिकतिले मात्रै जोगिएका थिए । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले आफ्नो अनुशासन कमिटिले यस विषयमा छानबिन गर्ने जनाएको छ । क्रोएसिया यसमा दोषी पाइएमा प्रतियोगिताबाटै बाहिरिने खतरा छ ।

###
0 comments
Write Down Your Responses