‘डाक्टरले बाँच्दैनन्’ भनेका युवा २५ हजार खर्चेर फिट !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बर्दिबास– महोत्तरीको सितापुर ४ रामनगरका १८ बर्षीय सुकदेव सदा मुसहरलाई डाक्टरले ‘अब बाँच्दैनन्’ भनेर दुई बर्ष अघि घोषणा गरेका थिए । तर, सुकदेवले अहिले पुर्नजीवन पाएका छन् ।
गरिब तथा विपन्न परिवारमा हुर्केका सुकदेव ४ बर्ष अघि विरामी भएका थिए । गाउँदेखि शहर बजारका धेरै स्वास्थ चौकी र अस्पतालमा हस्पिटलमा उपचार गराए । धेरै अस्पतालमा धाएपनि उनलाई निको भएको थिएन ।
१४ बर्षको उमेरमा विरामी परेपछि उनको परिवारमा चिन्ता बढ्यो । उनलाई ‘ब्लड क्यान्सर’ भएको चिकित्सकले सुनाएपछि घरपरिवारका झन् चिन्ता बढ्यो ।
सुकदेवको उपचारार्थ उनको वुवा जुगलले आफुसंग भएभरको सबै रुपैंया खर्चे । अन्तमा छोरो बचाउन भएको घडेरी साँहुलाई बन्दकी राखे । बन्दकीको राखेर आएको १० हजार रकम खर्चे पनि सुकदेव निको भएन । डाक्टरले ‘सुकदेव बाँच्दैनन्’ भनेर घोषणा गरेपछि परिवारमा चिन्ता बढ्यो ।
मन न हो । वुवा आमाका लागि यो संसारमा छोराछोरी नै ठूलो हुन्छ । छोरो बचाउन जुगलले महोत्तरी क्षेत्र नम्बरका निर्वाचित सांसद गिरिराजमणी पोखरेललाई सहयोगको लागि विन्ति गरे । स्थानीयले नेताका भनसुन गरिदिए ।
नेता पोखरेलले दुई बर्ष अघि उनलाई उपचारको लागि काठमाँडौं बोलाए । फेरी थप उपचारको लागि वीर अस्पताल उनले आफै लगे । पुरा शरीर जचाए । त्यहाँका डाक्टरले पनि सुकदेवलाई ‘बचाउन नसक्ने’ बताएका थिए ।
शिक्षामन्त्री समेत रहेका पोखरेलले चाइनिज आयुर्वेद औषधालयमा लिएर पुगे सुकदेवलाई । त्यहाँ चेकचाँज गरेर ६० हजारको औषधी खानु पर्ने डा. प्रतिमाले बताइन् ।
मन्त्रि पोखरेलले भन्सुन गर्दा छुट गरेर ६० हजारको औषधी औषधालयले २५ हजारमा दियो । त्यो औषधी सुकदेवले खाए । उनी अहिले ठीक भएका छन् ।
३२ जेष्ठ २०७३ मा शिक्षा मन्त्रि पोखरेल सुकदेवको गाउँमा पुगेपछि उनले मन्त्रीलाई भेटन अरुभन्दा पहिला उनी हतारिएर आए । सुकदेवका साथी टुलुटुलु हेर्दै गर्दा उनले मन्त्रीसंग हात मिलाए । मन्त्रीले आफुसंगै उनलाई कुर्सीमा बसाए । अंगालो हाले । गाउँलेहरु हेरेको हेरैभए ।
संचारकर्मीहरुसंग मन्त्री पोखरेलले भने,‘डाक्टरले बाँच्दैन भनेको मान्छे आज सानो सहयोगले गर्दा पुर्नजीवन पाएको छ । म यिनलाई हेर्दा निकै खुशी हुन्छु ।’ मन्त्री पोखरेलले आफ्नो निजी लगानीमा उनको औषधी किनिदिएका थिए ।
अर्को जीवन पाएका सुकदेश अहिले स्थानीय राष्ट्रिय उच्च मावि भंगहा सितापुर सिद्धपुरमा कक्षा ९ मा अध्यनरत्त छन् । उनी भन्छन्, ‘ इन्जिनियर बन्ने इच्छा छ ।’

###
0 comments
Write Down Your Responses