नयाँ शक्तिको शक्ति आँकडा : ६७ हजार स्क्वायर फिटमा एक लाख सदस्य अटाउँछन् ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं । आइतबार दिनभरजस्तै नयाँ शक्ति चर्चामा रह्यो । एकाबिहानै सबैजसो दैनिक पत्रिकामा ‘ज्याकेट बिज्ञापन’ निकालेर सुरु भएको चर्चा साँझसम्म रोकिएन ।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पार्टी घोषणा सभामा जनताको उपस्थितिलाई ४० औं हजार बताएभने त्यसअघि १ लाख सदस्यको सामुहिक सपथसमेत भनिएको थियो ।
अझ नयाँ शक्तिका नेता कार्यकर्ताले रंगशालाको उपस्थितिलाई लाखौं भनेर भनिरहेका छन् भने विरोधी मुख्यतः एमाओवादीबाट फुटेको शक्ति हुनाले माओवादी केन्द्रका कार्यकर्ताहरुले रंगशालामा ५–७ हजारको उपस्थिति पनि भन्ने गरेका छन् ।
हामीले यस्तो भेट्टयौं
रंगशालामा गएका पत्रकार तथा विभिन्न स्वतन्त्र मानिसहरुले रंगशालाको फुटबल ग्राउण्ड मुख्य त भरिएको बताए । रनिङ ट्रयाक बाहेक मुलभुत रुपमा मानिसहरु भरिएका थिए । तर त्याँहा मञ्च, साउण्ड सिष्टम र अघिल्लो भागमा झण्डै ५ सयको हाराहारीमा कुर्सीहरु थिए ।
रंगशालाको उपस्थितिबारे हामीले तथ्य बुझ्न फुटबल ग्राउण्डको आधिकारिक वर्गक्षेत्रफल पत्ता लगायौं । अन्तराष्ट्रिय फुटबल ग्राउण्ड ८०/११० मिटर हुने भएपनि हाम्रो रंगशाला ७०÷९० मिटरको छ ।
यसलाई फिटमा रुपान्तरण गर्दा २२९.६ /२९५.२ हुन आउँछ । यसलाई गुणा गर्दा कुल क्षेत्रफल ६७ हजार ७ सय ७७ स्क्वायर फिट हुन आउँछ ।
नयाँ शक्तिको आइतबारको कार्यक्रममा यहि ६७७७७ स्क्वायर फिटभित्रै अटेको तथ्यहरुले बताउँछन् ।
यो मध्य मञ्च, साउण्ड सिष्टम लगायतका ठाउँमा ओगटेको क्षेत्रफल अन्दाजी ७ हजार स्क्वायरफिट हुन आउँछ । त्यो बाहेक बाटो, मानिसहरुबिचको स्पेश तथा अघिल्लो भागमा कुर्सी राखिएको स्थानलाई अन्दाजी ७ हजार स्क्वायरफिट छुट्याउँदा कुलमा ५३ हजार ७ सय ७७ स्क्वाएर फिट बाँकी हुन आउँछ । यहि स्पेशमा मानिसहरु बसेका थिए ।
अन्तराष्ट्रिय मापदण्ड अनुसार ३ स्क्वाएर फिट बराबर १ मान्छे बस्न सक्छन् । तर नेपालीहरुको साइज सानो भएकोले हामीले २.५ स्क्वाएर फिट बराबर १ मान्छे बस्न सक्ने आँकलन गर्यौ । यसरी ५३ हजार ७ सय ७७ स्क्वाएर फिटलाई २.५ ले हिसाब गर्दा २२ हजार ३ सय १० मानिसहरु रंगशालामा आएको अनुमान गर्न सकिन्छ ।
यो हाम्रो अनुमानित आँकडा हो । यसमा १ हजार देखि २ हजार मानिसहरुसम्म तलमाथि हुन सक्छ । यसरी हेर्दा नयाँ शक्तिको पार्टी सदस्यको संख्यालाई पनि अनुमान लगाउन सकिन्छ ।

###
0 comments
Write Down Your Responses