बाटोमा मकै पोल्ने अामा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
हस्पिटलबाट कोठातिर फर्कदै थिएँ। चर्को घाम र निथ्रुक्क भिजाउने पसिना, १० मिनटको बाटो पनि आज किन किन लामो लागिरहेको थियो।
‘ल आउनुस्, तात्तातो मकै, ताजा मकै,’ बाटोको पारिपट्टी एउटा कुनामा बुढी बज्यै बर्बराउँदै थिइन्। ओहो, मकै खाने बेला पो हो क्यारे है आजभोलि त। घरबाट टाढा बसेपछि यस्ता कुराहरु पत्तै नहुने। सानो छँदा बारीबाट मकैका घोगा आफै भाँचेर ल्याइन्थ्यो। अँगेनामा ढुङ्ग्रोले फू..फू.. गर्दै चिम्टाले ओल्टाई पोल्टाई आफै पोलेर खाइन्थ्यो।
समय र परिस्थतिसँगै सबै कुरा बदलिदो रहेछ, ती सम्झनाहरु त केवल अब स्मृतिका पानाहरुमा मात्र सीमित छन्। मनमनै सोच्दै बाटोपारि गएँ।
‘मकै खाने हो छोरा? बिहान भर्खर बारीबाट ल्याएको, ताजा मकै,’ बज्यैले आफ्नै छोराझैँ बोलाएको देखेर मनमा कता कता वर्षौदेखिको परिचित आवाजले बोलाएजस्तो लाग्यो।
‘खाने हो बज्यै, दुईओटा दिनुहोस त,’ मैले भनें।
बज्यैले पहिल्यैदेखि पिल्साइराखेको दुई घोगालाई कोइलामा राखेर कार्डबोर्डले हम्किन लागिन्।
‘के सारो गर्मी बढेको है बज्यै,’ मैले नजिकैको पर्खालमा आड लगाउँदै भनें।
‘त्यै त बाबु, यसपाली त असार लाग्न लाग्दा पनि बर्खा सुरु भएन, यसो पानी परे अलि शितल हुन्थ्यो कि।’
‘बज्यैको घर कता नि?’
‘पर्वत हो बाबु, ऐले ऊ पर डेरामा बस्छु।’
मैले अरु केही यस्तै सामान्य प्रश्नहरु गरें।
‘ल लिउ बाबु,’ बज्यैले दुई घोगा मकै पत्रिकामा बेरेर म भएतिर लम्किइन्। नुन खुर्सानीको धुलो पनि अर्को कागजमा पोको पार्दिइन्। एउटा त्यही बसेर छोडाउँदै खान लागेँ। धेरैपछि खाएको पोलेको मकै, औधी मिठो मानेर खाएँ।
बज्यैले पनि कता बस्ने के गर्ने भनेर सोध्न थालिन्। गफ गर्न सिपालु रहिछिन्। बोलीमा पश्चिमेली लवज प्रष्ट झल्किन्थ्यो।
‘मेरो पनि बाबु जस्तै नाति छ एउटा, ऐले काठमाडौंमा पढ्छ,’ बज्यैले आफ्नो नाति सम्झिइन्।
‘गफ पनि मकैजस्तै मिठो गर्नुहुँदो रहेछ, ल त ऐले लागेँ है बज्यै।’
पैसा दिएर अर्को मकै छोडाउँदै म कोठातिर लागेँ।
भोलिपल्ट पनि बज्यैसँग त्यही बाटोमा भेट भयो। मकै खाएँ, गफ गरें अनि फर्किएँ। ती बुढी बज्यैमा किन हो मैले आफ्नै कोही नजिकको मान्छेझैँ आभास पाएँ। निकै पुरानो नाता जसरी ती बज्यैसँग कुरा हुँदै गयो। सायद बज्यै पनि एक्लै बस्ने र आफ्नो नातिको न्यास्रोले होला, मलाई आफ्नो नातिको रुपले हेर्न थालिन्।
अरु दिनहरु पनि हस्पिटलबाट फर्कँदा बज्यैसँग एकछिन गफ गर्थें, अनि मकै खादै फर्कन्थें। बज्यैसँग एक प्रकारको मित्रता नै गाँसिइसकेको थियो।
बज्यैलाई दम र सास फेर्न गाह्रो हुने रोग रहेछ। नहोस् पनि कसरी, दिनभरि बाटोको छेऊमा धुवाँधुलो, त्यो पनि यस्तो चर्को घाममा। उनको चुरोट खाने बानी पनि रहेछ। सानो छँदा बुबाले सुल्फामा तमाखु सल्काएर ल्याईज भन्दा तान्न सिकेको अरे। पछि गएर चुरोटकै बानी परेछ।
‘चुरोट छोड्नुस बज्यै, यसरी त गाह्रो हुन्छ तपाईंलाई।’
‘क्यार्ने बाबु, तलतल लागिरहन्छ। छोरा, नातिनातिना छोड्न सकियो बरु, यो छोड्न सकिएन।’
पहिले-पहिले त दिनको एक बट्टा सकाउन्थिन् अरे, आजकल मैले भन्न थालेपछि अलि कम गरेको छु भन्दैथिइन्।
फाइनल इयरको पढाइ सकिएकाले विदा भयो। अब कोठामै बसेर परीक्षाको तयारी गर्नुपर्ने थियो। एक दुई दिन यसो घरतिर गएर फ्रेस भएर आउनुपर्ला भनेर काठमाडौंतिर लागेँ।
एक हप्तापछि फेरि पोखरा फर्किएँ। भोलिपल्ट हस्पिटलबाट फर्कदै गर्दा ती बुढी बज्यै बस्ने ठाँउमा कोही थिएन। मनमनै कहाँ गइछिन् ती बुढी बज्यै भनेर सोचें।
हुन त आजकल मकै पाउन नि छोड्यो क्यारे, अन्तै कतै केही गर्न लागिन् भन्ने लाग्यो। त्यसपछि दस पन्ध्र दिन लगातार त्यो बाटो हिँड्दा पनि बज्यैलाई कहिल्यै देखिनँ।
एक दिन हस्पिटलको लाइब्रेरी बसेर पढ्दैथिएँ। यसो केही नयाँ केसहरु छ कि भनेर साथीले वार्ड डुल्न जाउँ भन्यो।
आइसियुको कुनाको बेडमा एउटा परिचित अनुहार स्थिर भएर पल्टिरहेको थियो।
एक जना बुढीआमै, मुखमा अक्सिजनको मास्क अनि देब्रे हातमा सलाइनको सुई। नजिकैको स्ट्याण्डबाट औषधिको थोपा तप्प तप्प चुहिँदै थिए र ती पाइप र सुई हुँदै बुढी आमैकोको शरीरमा पसी उनलाई जीवित तुल्याउँदै थिए। उनी अरु कोही नभएर उही बुढी बज्यै थिइन्।
बज्यै गहिरो निन्द्रामा थिइन्। हात, खुट्टा र पुरै शरीर सुन्निएको थियो। धन्न मोनिटरमा मान्छेलाई जीवित देखाउने धर्साहरु तल-माथि गर्दैथिए। मेसिनको टीट्-टिट् आवाजले मेरो मुटुको ढुकढुकीको गति बढाएको थियो। मलाई एक्कासि भाउन्न भयो।
फाइल पल्टाएर हेरें। रोगको नाममा लेखिएको थियो - सि.ओ.पी.डी. विद राइट हर्ट फेलर। दम बढेर मुटुले पनि काम गर्न नसक्ने अवस्थामा पुगेको रहेछ। आइसियुमा भर्ना भएको तेस्रो दिनसम्म पनि खासै उल्लेखनीय प्रगति भएको रहेनछ।
लामो सास फेर्दै बज्यैको हात समाएँ। उनले विस्तारै आँखा खोलिन् र म भएतिर हेरिन्। केही बोल्ने कोसिस गरिन्, तर उनको वाक्य फुटेन। आँखा रसिलो बनाउदै उनि केहिबेर मलाई हेरेर टोलाइरहिन् र मुस्कुराउन खोजिन्।
मान्छेहरु विरलै पीडामा पनि मुस्कुराउन सक्छन्, साँच्चै मनमा आँशुको भंगालो लिएर ओठमा मुस्कुराउन ठूलै साहस चाहिन्छ। वास्तवमै ती बुढी बज्यै साहासी थिइन्। म भक्कानिएर बाहिर निस्कें।
भोलिपल्ट बिहान आइसियु जाँदा त्यो बेड खाली थियो। हतारहतार यताउति हेरें। एउटा सेतो कपडाले छोपिएको शव अस्पताल बाहिर निकालिँदै थियो। नर्सलाई सोधेर थाहा पाएँ, त्यो तिनै बज्यैको भौतिक शरीर रहेछ। मैले गह्रौं मनका साथ ती बज्यैलाई सदाको लागि बिदाइ गरें।
जिन्दगीमा भेटिने कतिपय मानिसहरु आफूबाट टाढा भए पनि मानसपटलमा उनीहरुको स्मृति सधै ताजा रहिरहन्छन्, सायद मनको एउटा कुनाको सानो ठाँउमा तिनै स्मृतिहरु अमिट छाप बनेर कहिल्यै नमेटिने गरी बसेका हुन्छन्।

###
0 comments
Write Down Your Responses