भारत-जापान र अमेरिकाको अभ्यासमा चीनको हस्तक्षेप
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
ओकिनावा (जापान): पश्चिम प्रशान्त महासागरमा जारी जारी अमेरिका, भारत र जापानको संयुक्त समुद्री सैन्य तालिममा चीनले हस्तक्षेप गरेको छ।

तीन देशका सैनिकहरु युद्धक समुद्री बहानसहित तालिममा व्यस्त रहेका बेला चिनियाँ युद्धक जहाजले तालिममा अवरोध पुर्‍याएको हो ।



बुधवार चीनको एक जासुसी जहाजले अमेरिकाले अमेरिकाको युद्धक जहाज अवतरण गराउने अत्याधुनिक र शक्तिशाली जोन सी स्टेनिसलाई पछ्याउँदै उसको नजिकै पुगेको थियो ।

चीनले आफ्नो दबदबा कायम गर्न लामो समयदेखि जुटिरहेको क्षेत्रमा तीन देशले सैन्य तालिम गरेको पाएपछि हस्तक्षेप गरेको हो ।

यही क्षेत्रमा आफ्नो प्रभाव बढाउनका लागि चीनले आफ्ना पनडुब्बी र युद्धक जहाजलाई दक्षिण चीन सागरमा तैनाथ गरेको छ । चीनले दक्षिण चीन सागरमाथि कृत्रिम द्वीपसमेत तयार गरेर आफ्नो युद्ध जहाज पनि उतारिसकेको छ ।

बेइजिङले पश्चिमी प्रशान्त महासागरीयक्षेत्रलाई बाँकी विश्वका लागि आफ्नो आपूर्ति मार्गका रुपमा विकास गर्न खोजिरहेको छ । चीनले यही कारण यो क्षेत्रमा

यही कारण चीनले यो क्षेत्रमा तीब्रगतिमा नौ सैन्य क्षमता तीब्रगतिमा वृद्धि गरेको छ । जापानका एक नौसैन्य अधिकारीले अमेरिकी युद्ध वहान स्टेनिसलाई पछ्याउँदै चिनियाँ जहाज नजिकै आएको पुष्टि गरेका छन् ।

समाचार अनुसार भारत, जापान र अमेरिकाको स‌ंयुक्त नौ सैन्य अभ्यास दक्षिण चीन सागरको नजिकै चलिरेहको छ ।

गत शुक्रबारबाट यी तीन देशबीचको संयुक्त सैन्य अभ्यास शुरु भएको थियो ।

यो तालिममा अमेरिकाको एक लाख टन तौल भएको एयरक्राफ्ट क्यारियर जोन सी स्टेनिस पनि सहभागी छ । यो जहाजमा एफ-१८  फाइटरलाई जेट समुद्रमा तैनाथ गर्न सकिन्छ ।

यो सैन्य अभ्यासमा स्टेनिस जस्तै अन्य ९ वटा युद्धक जहाज र जापानको एउटा हेलिकोप्टर पनि सहभागी छ ।

भारतले यो सैन्य अभ्यासमा सतपुडा, सहयाद्री, शक्ति र किर्च युद्धक नौसैन्य जहाज सहभागी गराइरहेको छ । भारत र अमेरिकाले सन् १९९२ देखि नै लगातार यो सैन्य अभ्यास गर्दै आएका छन् ।

चीनले दक्षिण चीन सागरमा जस्तै पश्चिममी प्रशान्त महासागरीय क्षेत्रमा पनि आफ्नो दाबी गर्दै आएको छ । यस इलाकालाई जापानले आफ्नो भन्दै आएको छ ।

यो महासागरीय इलाकामा करिब २ सय समुद्री द्वीप रहेका छन् । यिनीहरुमा केही ताइवानतर्फको इलाकामा पनि पर्दछन् ।

जापानले आफ्नो इलाकाको समुद्रीक्षेत्रमा राडार स्टेसन एन्टी सिप मिसाइल ब्या ब्याट्री पनि तैनाथ गरिरहेको छ ।

जापानले अमेरिका र भारतसँग मिलेर चीनलाई घेर्ने कोशिसमा उत्रेपछि चीनले पनि तत्कालै जबाफ दिन खोजेको हो । अमेरिकाको चीन घेर्ने नीति अनुसार ताइवान पनि अहिले चीनविरुद्ध उभिएको छ ।

अघिल्लो दिन पुर्वी दक्षिण चीन सागरको समुद्री इलाकामा चीनका जहाज करिब २८ माइल भित्रको अन्तर्राष्ट्रिय समुद्री क्षेत्रसम्म आएका थिए ।

अमेरिकासँग सहकार्य बढाएको भारत यस सैन्य अभ्यासमा भाग लिएर चीनलाई चेतावनी दिइरहेको छ । भारत कयौं पटक हिन्द महासागरमा समेत चीनको हस्तक्षेपविरुद्ध विरोधमा उत्रँदै आएको छ । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z