किन आउछ डकार वा पाद ? – डा. भुपेन्द्रकुमार बस्नेत
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

हामीले खानेकुरा खाँदा हावा पनि सँगै खान्छौं, त्यो पेटमा जान्छ र त्यो ग्यास केही मात्रामा डकारको रुपमा बाहिर निस्कन्छ । बाँकी ग्यास अगाडि बढ्दै गएर तलबाट पादको रुपमा निस्कन्छ । सामान्य रुपमा निस्कने ग्यास न्यूटल ग्यास हुन्छन् । जस्तै अक्सिजन, कार्बनडाइअक्साइड, हाइड्रोजन, नाइट्रोजन, मिथेन हुन्छन् । ती ग्यास डकार र पादको रुपमा बाहिर निस्कन्छन् भने केही ब्याक्टेरियाले उपभोग गर्छ र केही रगतमा मिसिन्छ ।
सामान्य खाएको खानाबाट ग्यास पनि जाने हुनाले डकारबाट निस्कने हो । २४ घण्टामा १० देखि २० पटक पाद आउनु सामान्य मानिन्छ । खाना राम्रोसँग पच्यो भने ग्यास कम आउछ र खाना राम्रोसँग पचेन भने ग्यास बढी आउने हुन्छ । खानामा सल्फरको मात्रा बढी भयो भने सल्फर डाइअक्साइड निस्कने हुँदा पाद गन्हाउने हुन्छ । ग्यास धेरै आउनु कुनै रोग होइन तर धेरै ग्यास आउनु र गन्हाउनु भनेको पाचन प्रणालीले राम्रोसँग काम नगरेको बुझ्नु पर्छ ।
ग्यास आउने प्रकृया खानेकुरामा पनि भर पर्छ । कुनै खानेकुरा राम्रोसँग पच्दैन । जस्तै कार्बोहाइड्रृेृटयुक्त खाना धेरै खायो भने ग्यास निस्कन्छ । साथै सल्फरयुक्त भएको खानेकुरा खाँदा र सल्फर निकाल्ने ब्याक्टेरिया पेटमा भएमा गन्हाउने ग्यास आउँछ । यसका लागि सल्फरयुक्त खाना कम खानु पर्छ ।
– डा. भुपेन्द्रकुमार बस्नेत, फिजीसीयन, वीर अस्पताल

###
0 comments
Write Down Your Responses