नेपालमै पहिलो बुलर प्रविधियुक्त फुड्स उद्योग भैरहवामा, उत्पादित वस्तु चीन निर्यात
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
– प्रकाश न्यौपाने
भैरहवा, ११ असार । भैरहवा क्षेत्रमा स्थापना भएको औद्योगिक तथा व्यवसायिक समुह ‘एस.आर.ग्रुप’ ले ग्रुपको भातृ संस्थाका रूपमा एस.आर. फुड्स प्रा.लि.को स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।
दुई बिगाहा क्षेत्रफलमा फैलिएको उद्योगको कुल लगानी ४५ करोड रहेको प्रालिले जनाएको छ । लामो समय देखि पूर्वाधार उद्योगमा संलग्न रहँदै देशको बिकाश निर्माणमा योगदान गर्र्दै आईरहेको उक्त ग्रुपले एसआर फुड्सको उद्योग रूपन्देही जिल्ला पडसरी गाबिस वडा नम्बर ४ (भैरहवा नजिकै) रहेने गरि सञ्चालनमा ल्याएको हो ।

 उक्त उद्योगबाट ‘एस.आर.फ्रेस’ ब्रान्डमा मैदा, आटा, सुजी र चोक्करको ब्याबसायिक उत्पादन सुरू भएको छ । उत्पादन क्षमता, प्रबिधीका आधारमा यो उद्योग नेपालकै सबैभन्दा ठुलो उद्योग भएको प्रालिका अध्यक्ष सिताराम उप्रेतीले जानकारी दिए ।
प्रति दिन २ सय टन उत्पादन क्षमता रहेको उद्योगमा स्वीस बुलर प्लान्ट जडान गरिएको छ । बुलर प्लान्ट खाद्य उत्पादनका लागी बिश्वको १ नम्बर रहेको छ । यो टेक्नोलोजी बिश्वमा नेस्ले, पार्ले, ब्रिटानिया जस्ता उद्योगहरूले समेत गर्दै आएको र नेपालमा बुलर प्रबिधी भित्र्याउनेमा एस.आर. फुड्स पहिलो रहेको निर्देशक सुमन भुषालले जानकारी गराए ।
उद्योग पूर्ण रूपमा स्वचालित (अटोमेटिक) हुने र सञ्चालनमा विनकोर्श सफ्टवेयर जडान रहेको एस आर ग्रुपका प्रबन्ध निर्देशक सुरज उप्रेतीले जानकारी दिए । मैदा उद्योगमा यो सफ्टवेयरको प्रयोग पहिलो पटक नेपालमा एसआर फुड्सले प्रयोग गरेको हो । यो सफ्टवेयर मार्फत् उत्पादन क्षमता र गुणस्तर मापन (क्वालिटी कन्ट्रोल) गर्ने काम हुने उद्योगले दाबी गरेको छ । उद्योगमा बिद्युत् कटौती (लोड सेडिङ)को बिकल्पका रूपमा स्वचालित जेनेरेटर जडान गरिएको छ भने ईलेक्ट्रिकल इन्टरलक प्रबिधी समेत जोडिएको छ ।
अहिले उद्योगबाट उत्पादित मैदा १०–२०–५० केजिको ब्यागमा, सुजी ५०० ग्राम (आधा किलो), १ केजि, २० केजि र ५० केजि, आटा ५ केजि, २० केजि र ५० केजि, चक्की आटा २ केजि र ५ केजि तथा चोक्कर ४० केजिको ब्यागमा उपलब्ध रहेको निर्देशक भुसालले बताए । उद्योगको उत्पादन गर्ने क्षमता प्रतिदिन २०० टन रहेको छ । यसमा चक्की आटा ५० टन र अन्य १५० टन रहेका छन् ।
उद्योगमा प्रयोग हुने कच्चा पदार्थ २० प्रतिशत स्थानीय र बाँकी ८० प्रतिशत भारतबाट ल्याउनु पर्ने उद्योगले जनाएको छ । उत्पादित बस्तु नेपाल भरिनै पुर्याईने र दशैँसम्म छिमेकी देश चिनमा समेत निर्यात गर्ने लक्ष्य उद्योगले लिएको निर्देशक भुसालले बताए । उद्योगले प्रत्यक्ष रूपमा ८० जनालाई रोजगार प्रदान गरेको जनाएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z