दिन दिने खुशी को खबर - उद्योग खोल्न चिनियाँ लागानीकर्ता विराटनगरमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विराटनगर– झापा र मोरङमा उद्योग स्थापनाका लागि संभाव्यता अध्ययन गर्न चिनियाँ लगानीकर्ताहरू विराटनगर आइपुगेका छन्। विराटनगर आइपुगेको चिनियाँ टोलीलाई सोमबार मोरङ व्यापार संघले एक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ।



कार्यक्रममा व्यापार संघले पूर्वाञ्चलमा उद्योग स्थापनाको संभाव्यता बारे चिनियाँ टोलीलाई जानकारी गराएको थियो। कार्यक्रममा मोरङका उद्योगीहरूसँग उनीहरूले लगानीका संभावित क्षेत्रबारे छलफल पनि गरेका छन्। छलफलका क्रममा ग्लोवल एनजियो युनियनका भाइस प्रेसिडेन्ट चौहुइ जोनले आफ्नो संगठनमा आबद्ध लगानीकर्तालाई नेपालमा लागानीका लागि ल्याउन सकिने बताएका छन्। यूनियनमा ७ सय औद्योगिक लगानीकर्ता आबद्ध छन्।



चौहुइले उद्योग र हाइड्रो पावरमा लगानी गर्न चिनियाँ लगानीकर्ता तयार रहेको पनि बताए। ‘हामी उद्योग र हाइड्रो पावरको क्षेत्रमा लागनी गर्न तयार छौं,’ उनले भने। नेपालबाट व्यापारका लागि चाइना, भारत भुटान र बंगलादेश नजिक रहेकोले उत्पादन बिक्री सहजै गर्न सकिने चौहुइले बताए। नेपाल उद्योग स्थापनाका लागि उपयुक्त भएको पनि चिनिया” टोलीले ठहर गरेको छ। यस्तै चिनिया” कम्पनी ब्लूस्काइ इन्टरनेशनल होल्डर्सका अध्यक्ष जैन लिले हाइड्रो पावरमा लागानी गर्न र नेपालका उत्पादनलाई अन्तराष्ट्रिय व्यापार प्रबद्र्धनमा सहयोग गर्न आफूहरू तयार रहेको बताए।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले निर्धक्क रुपमा चिनियाँ लगानी नेपाल ल्याउन आग्रह गरे। उनले चिनिया” लगानी नेपाल ल्याउँदा आइपर्ने कुनै पनि समस्याको समाधानका लागि मोरङ व्यापार संघ तयार रहेको पनि स्पष्ट पारे। ‘तपारर्इंहरू उद्योग, जलविद्युतका क्षेत्रमा लगानी गर्नुस्,’ उनले भने, ‘कुनै समस्या आइपरे समाधानका लागि हामी सँधै तत्पर छौं।’ सारडाले पूर्वाञ्चल भारत, चीन, भुटान तथा बंगलादेशको प्रवेशद्धारको रुपमा रहेको जानकारी गराए। उनले नेपालकै प्रमुख औद्योगिक र व्यापारिक नगरीको रुपमा विराटनगरको पहिचान भएको बताउँदै विराटनगर भौतिक संरचना र विकास निर्माणको कार्य द्रुतगतिमा अघि बढेको पनि बताए। हाल मोरंग सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरुले जूट, चाउचाउ, बिस्कुट, साबुन, वायर, रड, स्टील, कर्कटपातालगायतका वस्तुहरू उत्पादन गरिरहेको जानकारी गराए। नागरिकन्युजबाट साभार |
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z