गुल्मीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, असार ८ । गुल्मीको अमरपुरमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण हुने भएको छ । अमरपुर स्थित राङदल चौरमा लखन थापा अन्तराष्ट्रिय रंगशाला निर्माण हुने भएको हो । रंगशाला निर्माणको प्रकृया अन्तर्गत पहिलो चरणमा यसै वर्षदेखि विस्तृत संभाव्यता अध्ययन शुरु हुने सांसद गोकर्णराज विष्टले बताए ।
‘विस्तृत संभाव्यता अध्ययन गर्न यो वर्ष ५० लाख बजेट विनीयोजन छ’ उनले भने ‘त्यसपछि निर्माणको प्रकृया शुरु हुने छ ।’ सरकारले प्रत्येक प्रत्येक प्रदेशमा एक रंगशाला निर्माण कार्यक्रम अन्तर्गत पाँच नम्बर प्रदेशको गुल्मीमा रंगशाला निर्माण गर्न लागिएको पूर्वमन्त्री समेत रहेका विष्टले बताए । सो सहित पश्चिम गुल्मीमा यसपटक खेलकुदका लागि करीव एक एक करोड बजेट परेको छ ।
बाँझकटेरी स्थित निपानेडाँडा खेलमैदानका लागि ५ लाख, रघुफेदी मावि खेलमैदान अग्लुङ्गका लागि ३ लाख, कल्यार खेलमैदान दोहोलीका लागि २ लाख ५० हजार, मुसिकोट खेलमैदान २ लाख ५० हजार, ग्वादिका चौर खेल मैदान बडागाउँका लागि ३ लाख, भुवाचिदी खेलमैदान भुवाचिदीका लागि ३ लाख रुपैया बजेट विनीयोजन भएको छ ।
त्यसैगरी २०७४ सम्म सम्पन्न गर्नेगरी हाडहाडे खेलमैदान, धुर्कोटरजस्थल खेलमैदान, सोईरे पोखरा खेल मैदान अर्खाबाङ्ग, कालिका प्रावि अर्जे र भगवती उच्चमावि खेल मैदान वाग्लाका लागि पाँच पाँच लाखका दरले बजेट विनीयोजन भएको साँसद विष्टले बताए । राष्ट्रिय स्तरमा खेलकुदले पाएको सफलता संगै गाउँगाउँमा खेल मैदान निर्माणका लागि पर्याप्त रुपमा बजेट बिनियोजन भएको हो । गाउँमा रहेका विधार्थी र युवाहरुलाई खेलकुदमा अगाडी बढाउन उनीहरुको मागलाई बजेट मार्फत सम्बोधन गरिएको नेकपा एमालेका सचिव समेत रहेका बिष्टले जानकारी दिए ।

###
0 comments
Write Down Your Responses