काबुलमा मारिएका नेपालीका लागि सरकारले गऱ्यो अर्काे निर्णय, शवलाई घरमै पुगाइने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ८ असार । सरकारले अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ जना नेपालीको शवलाई उनीहरुकै घरमा पुगाउने भएको छ ।
आज नेपाल ल्याइएको शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुकै घरसम्म पुगाएर परिवारको जिम्मा लगाइने गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।
आजै व्यवस्थापिका संसदमा सांसदहरुले मृतकको शवलाई घरसम्मै पुगाउन सरकासँग माग गरेका थिए ।
यसअघि सरकारले निधन भएका नेपालीहरुको शव लिन चार्टर गरेर विमान पठाएको थियो । आज दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट शवसहित अन्य २४ नेपाली कामदारलाई काठमाडौं ल्याइएको छ ।
गृह प्रवक्ता कोइरालाले भने- ‘विमानस्थलमा फूलमाला पछि सरकारले मृतककै जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको छ ।’
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र गृहमन्त्री शक्तिबहादुर बस्नेत विमानस्थल पुगेर मृतकको शवमाथि सलामी अर्पण गरेका थिए ।

###
0 comments
Write Down Your Responses