कान चिलाउने कस्तो समस्या हो ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
प्रथमतः कानमा फोहर जम्मा भएमा चिलाउने समस्या हुन्छ । कानमा गहिरो भाग हुने भएकोले टाउको र बाहिरी भागबाट आएका फोहर पनि कानमा सजिलै जम्मा हुन्छ । धेरै फोहोर जम्मा भएपछि यसले चिलाउने समस्या निम्त्याउँछ । कान चिलाउँने दोस्रो कारण भनेको अटोमाइकोसिसको समस्या हो । यसलाई कानको फङ्गल इन्फेक्सनबाट चिलाउने समस्या पनि भनिन्छ । यो बिभिन्न किसिमको हुन्छ । फङ्गल इन्फेक्सन भएको समयमा कानमा पानी, तेल प¥यो भने कान पाक्ने समस्या पनि हुन्छ । मनोवैज्ञानिक कारणले पनि कहिले काँहि कान चिलाउने हुन्छ । नाक, घाँटीको एलर्जीले गर्दा पनि कान चिलाउन सक्छ ।
कानमा के समस्या छ, त्यसको उपचार गर्नु नै यसबाट बच्ने प्रमुख उपाय हो । मनोवैज्ञानिक रुपमा हो भने, त्यसको उपचार गर्ने, फोहोर जमेको भए सफा गर्ने र फंगलको कारण हो भने, फंगलको उपचार गर्न पर्छ । कतिपय अवस्थामा कान चिलाउँदा कानको बाहिरी भाग वा जालीमा प्वाल पर्ने, घाउँ हुने समस्या देखापर्न सक्छ । फंगल्सलाई पानी वा तेलबाट बचाउँन सकिएन भने, त्यसले बढ्ने मौका पाउँछ र आगामी दिनमा इन्फेक्सन बढ्दै गई जालीमा प्वाल पार्छ ।
डा. यज्ञबहादुर भण्डारी, नाक, कान घाँटी रोग विशेषज्ञ
तपाइसँग पनि यस्तो कुनै स्वास्थ्य जिज्ञासा छ भने हामीलाई healthnewspaper@gmail.com मा इमेल गर्नुहोस् । सम्बन्धित चिकित्सकको जवाफ सहित प्रकाशित गरिने छ ।

###
0 comments
Write Down Your Responses