के गर्नु धनले : साढे ३ किलोको सुनको सर्ट लाउने व्यक्तिको एकाबिहानै हत्या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भारत / तीन वर्षअघि १ दशमलव २७ करोड भारतीय रुपैयाँ मूल्य पर्ने साढे तीन किलोको सुनको सर्ट लगाएर चर्चामा आएका व्यक्तिको शुक्रवार बिहान हत्या भएको छ । उनको ढुंगा र धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । दत्तात्रय फुगे नामका ती व्यक्तिले ‘वक्रतुण्ड चित कोश’ स्थापना गरेका थिए । त्यसमार्फत उनले थुप्रै लगानीकर्ताहरूको पैसा जम्मा गरेका थिए ।


लगानीकर्ताहरूमध्ये केहीले फुगेले आर्थिक अनियमतिता गरेको आरोप समेत लगाएका थिए । उनको हत्याको कारण पनि आर्थिक हिनामिनाकै कारण भएको हुनसक्ने प्रहरीको अनुमान छ । फुगेकी श्रीमती सीमाले बिहीवार साँझ केही मान्छे आएर आफ्नो श्रीमानलाई सँगै हिँड्न भनेको बताइन् । दीगीस्थित भारतमाता नगरमा पु-याएर उनीहरूले ढुंगा र धारिलो हतियार प्रयोग गरेर आफ्नो पतिको हत्या गरेको सीमाले बताइन् ।

सीमा पूर्वपुँजीपति महिला हुन् । उनी राष्ट्रवादी कांग्रेस पार्टीसँग आबद्ध छिन् । तीन वर्षअघि फुगेले २२ क्यारटको साढे तीन किलोको सुनको सर्ट लगाएपछि एकाएक भारतीय मिडियामा छाएका थिए । उनले त्यतिखेर मान्छेको ध्यान खिच्न मात्रै आफूले सुनको सर्ट बनाएर लगाएको बताएका थिए ।  मान्छे यतिखेर भन्दैछन्, आखिर के नै गर्दो रहेछ र धनले ? लाेकान्तरबाट
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z