नेपाल आउने चाहनेमा ओबामादेखि सी जिङपिङसम्म, यस्ता छन् चलखेल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा चीनदेखि अमेरिकाका राष्ट्रपतिसम्म आउन इच्छुक रहेको खुलासा गर्नुभएको छ ।
शनिबार साँझ नेपाल टेलिभिनजबाट प्रशारित सिधाकुरा प्रधानमन्त्रीसँग कार्यक्रममार्फत प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिङ पिङ, भारतका राष्ट्रपति प्रणब मुखर्जी र अमेरिकी राष्ट्रपति बाराक ओबामाको नेपाल भ्रमणका लागि छलफल भइरहेको खुलासा गर्नुभयो । यसैगरी, नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको समेत निकट भविष्यमै भारत भ्रमणको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
नेपालमा हुन लागेका शक्तिशाली मुलुकका राष्ट्रपतिको भ्रमणलाई लिएर समेत ओली सरकारमाथि धाबा बोलिएको आंकलन गरिएको छ । खासगरि, चिनियाँ राष्ट्रपति नेपाल आउने तयारी भएपछि एकाएक भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको पनि चर्चा चलाइएको थियो । भारत कुनै पनि हालतमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्न खोजिरहेको छ । चिनियाँ राष्ट्रपति नेपालमा आएमा चीनले नेपालमा धेरै ठूला परियोजनाहरुमा सम्झौता गर्ने र त्यसले भविष्यमा भारतलाई नेपालमा अप्ठेरो पर्ने भारतको बुझाइ छ ।
अमेरिकी राष्ट्रपति भने आफ्नै तालिका अनुसार नेपाल आउन चाहेका हुन् । यसअघि भारत आउँदा पनि उनी नेपाल आउने चर्चा चलेको थियो । तर, अघिल्लो सरकारको कुटनीतिक कमजोरीका कारण बिफल भएको थियो । यसपटक केपी ओली सरकार आएपछि अमेरिकी राष्ट्रपतिलाई पनि नेपाल भ्रमण गराउने विषयमा फेरि छलफल चलाइएको थियो । अमेरिकाले नेपालमा बसेर चीन र भारतको भूमिकालाई मसिनोसँग नियालिरहेको छ । ओली सरकार कायमै रहे उनीहरु आउन इच्छुक रहे पनि नेपालको अस्थिर राजनीतिका कारण ओबामा, सी जिङपिङ र मुखर्जी नेपाल भ्रमणमा आउने सम्भावना अब न्यून बनेको छ ।
यता, भारतले गत जेठमा केपी ओली सरकारलाई ढाल्न खोजेपछि नेपालकी राष्ट्रपति भण्डारीको भ्रमण रोकिएको थियो । राष्ट्रपति भण्डारीलाई पनि छिट्टै भ्रमण गराउने विषयमा द्विपक्षीय छलफलहरु भइरहेका छन् ।

###
0 comments
Write Down Your Responses