मुटुको रोग,मुत्र नलीको जलन,ज्वरो, पित्त र बाथ,गर्भाशय सम्बन्धि समस्या आदिमा :लौका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
रक्तबिकार
रक्त विकारमा आधा गिलास लौकाको जुुसमा थोरै मिश्री मिलाएर बिहान बेलुका पिउनाले रगतको विकार कम हुदै जान्छ ।
दाँतको दुःखाई
दातको दुःखाईको समस्या भएमा १ सय ग्राम लौकाको गुदी र २५ ग्राम पिसेको लसुन १ लिटर पानीमा उमाल्ने । आधा नहुञ्जेल यसलाई उमालिरहने । त्यसपछि यसलाई जाली कपडाले छान्ने। छानेको पानीले कुल्ला गर्ने। दिनमा २,३ पटक यसो गर्नाले दाँतको दुःखाई कम हुन्छ ।

मुटुको रोग
मुटु रोगीले लौकाको तरकारीका साथसाथै १०,२० मि.ली. लौकाको जुस दिनहुा बिहान पिउनाले फाइदा गर्छ ।
पिलो
पिलो भएको व्यक्तिले दैनिक १५,३० मि.ली. लौकाको जुसमा थोरै मिश्री घोलेर २,३ पटक पिउनाले फाइदा गर्दछ।
मुत्र नलीको जलन
मुत्रसम्बन्धि रोगमा लौकाको रस निकालेर एक चिम्टि सिधे नुन र कागतीको रस मिलाएर दैनिक बिहान पिउनाले मुत्रनली खुलेर आउाछ र मुत्रनलीको दुःखाई हट्छ।
अनिन्द्रा
लौकाको रसमा थोरै तिलको तेल मिलाउने। सुत्नुभन्दा पहिला टाउकोमा राम्रोसाग मालिस गर्ने। केहि दिनपछि राम्रोसाग निन्द्रा लाग्न थाल्छ।
रक्तश्राप
रक्तश्रापमा पनि लौका लाभदायक छ। शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकालाई ताछेर ताछेको बोक्रा पिसेर त्यस ठााउमा लगाउने र पट्ट बााध्ने। यसले बगेको रगत रोकिन्छ। यसका साथै लौकाको रस पनि पिउने।
ज्वरो, पित्त र बाथ
ज्वरो आएको बेला २० मि।ली। लौकाको रसमा थोरै मिश्री मिलाएर सेवन गर्दा लाभ हुन्छ । यसले बात, पित्तको समस्यामा पनि लाभ पुग्छ ।
गर्भाशय सम्बन्धि समस्या
गर्भाशय सम्बन्धि समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ। पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारीका रुपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z