भोटेकोसिमा आएको भीषण बाढिले सिन्धुपाल्चोकको बार्हबिसे , बलेफी , सिकुटे , खाडीचौर क्षेत्रमा बस्ती बगाउन थालेपछि भागाभागको स्थिती
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, २२ असार । मंगलबार साँझ सिन्धुपाल्चोकको भोटेकोशीमा बाढी आएको छ । पानीको बहाव उच्च हुँदै गएपछि कोशीछेउका घर–टहरा बस्ने मानीसहरु सुरक्षित स्थानतर्फ प्रस्थान गरेको बताइएको छ ।





बाढीका कारण लार्चे बजारमा सामान्य क्षती भएको बताइएको छ । यस्तै तातोपानीको मानसरोबर स्कुल र भोटेकोशी पावरहावसमा केही मात्रामा क्षति भएको अपुष्ट जानकारी प्राप्त भएको छ । यस्तै सिन्धुपाल्चोकको तातोपानि, लार्चे, बाह्रविसे, खाडिचौर, लामोसाँघु तथा कोठे लगायतका बजारका रहेका मानीसहरु पनि सुरक्षित स्थान तर्फ गएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय अनुसार पानीको बहाव उच्च रहेको र सडक किनारासम्म आइपुगेको छ बताइएको छ । क्षतिको विवरण भने आईसकेको छैन् ।


बहाव उच्च भएका कारण सुनकोशी नदी आशपासका मानिसहरुलाई सतर्कता अपनाउन सुचित गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।

सिन्धुपाल्चोकको तातोपानि, लार्चे, बाह्रविसे, खाडिचौर, लामोसाँघु तथा कोठे लगायतका बजारका मानिसहरु घर छोडेर बाहिरिएका छन् ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z