वुटवलमा पनि केवुलकार !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
वुटवल, असार १८ गते । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन उद्देश्यले वुटवलमा केवुलकार संचालनका लागि संभावनाहरुको खोजी सुरु भएको छ ।
स्थानीय वुटवलवासीले वुटवलदेखि करिव चार किलोमिटर पश्चिममा अवस्थित पाल्पाको नुवाकोटसम्म जाने केवुलकार निर्माणका लागि चासो देखाईएको छ ।
वुटवल सामुदायिक वन उपभोक्ता समूह (१–४) को आयोजनामा वुटवलमा सम्पन्न सरोकारवालाहरुको छलफलमा केवुलकार संचालन, जग्गाको व्यवस्थापन र रोजगारीका सम्वन्धमा साझा धारणा वनाएका छन ।
केवुलकार संचालनका लागि सामुदायिक वनको जग्गा उपलव्ध गराउँदा स्थानीयले अधिकतम लाभ लिने, सामुदायिक वनको जग्गा बढी नोक्सान हुन नदिने गरि केबुलकार संचालनका लागि जग्गा उपलव्ध गराउने निर्णय भएको वनका अध्यक्ष माधव प्रधानले वताउनु भयो ।
अध्यक्ष प्रधानले केवुलकारको वेस स्टेशन राख्ने र आकास मार्गका लागि पिल्लर निर्माण गर्न सिद्धार्थ केबुलकार प्रालिलाई कति जग्गा उपलव्ध गराउने भन्ने विषयमा समेत छलफल भएको र सहमति नजिक पुगेको वताउनु भयो ।
सामुदायिक वनको जग्गा दिनु पूर्व आवश्यक सर्त र सहमति जुटाउन वनले अध्यक्ष माधव प्रधानको संयोजकत्वमा ११ सदस्यीय कार्यदल समेत बनाएको छ । कार्यदलले जग्गा, क्षेत्रफल र सर्तहरुका विषयमा टुंगो लगाउन जिम्मेवारी पाएको कार्यदलका कानुनी सल्लाहकार सूर्य श्रेष्ठले बताउनु भयो ।
करिव ३० करोड रुपियाँ लगानीमा सिद्धार्थ केवुलकार प्रालिले वुटवलदेखि पाल्पाको नुवाकोटसम्म केवुलकार निर्माणका लागि चासो देखाउँदै निर्माणको लागि जग्गाको व्यवस्थापन गरिदिन वुटवल सामुदायिक वनलाई आग्रह गर्दै आएको छ । केवुलकारको निर्माणपछि वुटवल र नुवाकोटको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रको विकासमा नयाँ आयाम थपिने विश्वास स्थानीयले गरेका छन ।

###
0 comments
Write Down Your Responses