दक्षिण कोरियामा कामदारको तलब बढ्यो, प्रतिघण्टा ६४७० वोन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दक्षिण कोरियामा कामदारको तलब ७.३ प्रतिशतले वृद्धि भएको छ । आगामी वर्ष अर्थात सन् दुइ हजार सत्रका लागि कामदारको तलब सो प्रतिशतले वृद्धि भएको हो । वृद्धि भएसँगै कामदारले प्रतिघण्टा ६४७० वोन प्राप्त गर्ने छन् । जुन गत वर्षको तुलनामा चार सय चालीस वोनले बढि समेत हो । वृद्धि पछि कामदारले मासिक १३,५२,२३० वोन अर्थात मासिक झण्डै एक लाख बीस हजार रुपैया तलब पाउने छन् ।

 कामदारको न्यूनतम ज्याला निर्धारण गर्न ज्याला निर्धारण समितिमा बसेको हिजोको बैठकले मजदुर यूनियनको अडानलाई लत्याउदै ज्याला सात दशलमब तीन प्रतिशतले मात्र वृद्धि गर्ने निर्णय गरेको छ । मजदुरहरुले कम्तिमा परिवार पाल्न प्रतिघण्टा दश हजार वोन हुनुपर्ने माग राख्दै आएका छन् ।

त्यस्तै कम्पनी व्यावश्थापन पक्षले भने मजदुरको तलब वृद्धि नगर्ने पक्षमा रहदै आएको भएपनि चौधौ चरणको बैठकमा सरकारको आग्रह बमोजिम तलब वृद्धि गर्न सहमत भएको बुझिएको छ । कम्पनी पक्षले कम्तिमा तीन दशमलब सात प्रतिशत सम्म बढाउन सकिने बताएको थियो भने तलब कम्पनी आफैले निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको थियो । यद्यपी सरकार र मजदुर प्रतिनिधीले मतदान मार्फत प्रस्ताव अस्वीकृत गरिदिएका थिए ।

त्यस्तै आफ्नो माग अनुरुप तलब वृद्धि भएको भन्दै मजदुर संघका प्रतिनिधीले बैठक बहिष्कार गरेको प्रवासी मजदुर संघ एमटियूका अध्यक्ष उदय राईले जानकारी दिएका छन् । प्रतिघण्टा दश हजार वोन हुनुपर्ने मजदुरको माग पुरा नुहदाँ सम्म आन्दोलन जारी राख्ने उनको भनाई छ । तलब वृद्धिको माग राखि विभिन्न मजदुर संघले श्रम मन्त्रालय, ज्याला निर्धारण समितिको कार्यलयमा केहि महिना देखि धर्ना र आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।

अर्को वर्षका लागि कामदारको तलब तोक्ने निर्धारित मिति जुन अठ्ठाइस भएपनि यस पाली  मजदुर, कम्पनी व्यावश्थापन र सरकार पक्षका आ–आफ्नै अडान कारण ढिला हुन पुगेको हो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z