कलेज भर्नाको लाइन कोरिया जानेको भन्दा लामो (फोटो फिचर)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
असार १८, २०७३- शनिबार काठमाडौंको माइतीघरमा थेगिनसक्नुको लाइन थियो । प्रहरी परिचालन गरिएको थियो ।
भीड देखेर धेरैले सोधे, ‘यो कोरिया जानेको लाइन हो ?’ कलेजको उत्तरको गेटतर्फ सोझिएको लाइन सेन्ट जेभियर्स कलेजमा भर्नाका लागि प्रवेश परीक्षा दिने एसएलसी उत्तीर्ण विद्यार्थीहरुको थियो ।
प्रवेश परीक्षाका लागि भीड लाग्ने भएरै कलेजले पार्किङ उपलब्ध नगराउने र सार्वजनिक गाडीमा आउजाउ गर्न सूचना जारी गरेको थियो ।
भर्नाका लागि १३ हजार ५ सयभन्दा बढीले आवेदन दिएको कलेज प्रशासनले जनाएको छ । जबकि कोटा भने जम्माजम्मी ५ सय ८ जनाकोमात्रै छ ।
बिहान साढे ७ बजेदेखि ५ वटा सिफ्टमा सुरु भएको प्रवेश परीक्षा साँझ साढे ५ बजे सकिएको थियो ।

###
0 comments
Write Down Your Responses