देउवाको ‘घमण्ड’ उतार्न खुमबहादुरले चाले कडा कदम, पुरै पावर देखाउने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
निशानदाजु भट्टराई
दाङ, २६ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काले देशभरि गोप्य भेला गर्ने तयारी गर्नुभएको छ ।
सभापति शेरबहादुर देउवाले महाधिवेशनका क्रममा भएको भद्र सहमति तोडेको भन्दै नेता खड्काले सभापति देउवाबिरुद्ध जनबल निर्माण गर्न देशैभरि गोप्य भेला गर्ने तयारी गर्नुभएको उहाँ निकटस्त स्रोतको भनाई छ ।
हिजो लगनखेलमा आफू निकटतका नेताहरुलाई बोलाई गोप्य भेला गर्नुभएका खड्काले त्यसलाई निरन्तरता दिँदै देशव्यापी भेला गर्ने तयारी गर्नुभएको उहाँका बिश्वासपात्र मानिने महेश श्रेष्ठले जानकारी दिनुभयो । महाधिवेशनको समयमा आफूलाई उप–सभापति बनाउने र आफूले सिफारिस गरेका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने भनि देउवाले गरेको सहमति तोडेको भन्दै खड्काले उहाँलाई दवाव दिन भेला गर्न लागेको श्रेष्ठको भनाइ छ ।
त्यस्तै नेपाली कांग्रेसले वीपी कोइरालाको विचारलाई आत्मसाथ नगरेको भन्दै पार्टीलाई वीपीको विचारमा हिडाउनुका साथै हिन्दू राज्यको पक्षमा कांग्रेस उभिनुपर्ने भएकाले यसको पक्षमा जनमत सिर्जना गर्न भेला गर्न लागेको श्रेष्ठले बताउनुभयो । जिल्लाव्यापी कार्यक्रमको मिति खड्काको सचिवालयले तय गर्ने श्रेष्ठको भनाई छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z