चिन्ता नगर्नुहोस्ः मेसी जेल जानु पर्दैन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सीः विश्व चर्चित अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसीलाई अदालतले कर छली मुद्दामा २१ महिनाको जेल सजाय सुनाए पनि मेसी जेल जानु नपर्ने भएको छ।
स्पेनको एक अदालतले बार्सिलोनाका स्ट्राइकर मेसीलाई कर छलीको मुद्दामा उनका पितासहित २१ महिनाको लागि जेल पठाउने फैसला गरेको छ । तर, स्पेनको कानुनी प्रावधान अनुसार उनीहरुले जेल भने जानु नपर्ने भएको हो।
स्पेनको कानुन अनुसार दुई वर्षभन्दा कम समयको जेल सजाय पाएका अभियुक्तले जेलमा बस्नु पर्दैन् । मेसी र उनका पितालाई समेत सोही कानुन लाग्ने भएकाले मेसीले जेल जानु नपर्ने भएको हो।
दुई वर्षभन्दा कम जेल सजाय पाएका अभियुक्तले त्यहाँको प्रशासनको निगरानीमा जेल भुक्तान गर्न पाउने व्यवस्था छ।
मेसी र उनका पिताले आर्थिक कारोबार गर्दा सन् २००७ र २००९को अवधिमा ४.१ मिलियन युरो बराबरको कर नतिरेको अभियोग छ।
मेसी र उनका पितामाथि कपिराइटबाट आएको पैसा कर छलेर विभिन्न ठाउँमा जम्मा गरेको आरोप छ । बयानका क्रममा भने मेसीले आरोप बारे आफूलाई केही जानकारी नभएको बताएका थिए।
मेसी र उनका पीताले अदालतको यो फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न समेत पाउने छन्।

###
0 comments
Write Down Your Responses