चीन सरकारको अनुदानमा उत्तरी सीमासित जोडिएका दुई सडकको स्तरोन्नति सुरु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ, चीन सरकारको अनुदान सहयोगमा उत्तरी सीमासित जोडिएका दुई सडकको मर्मत र स्तरोन्नति सुरु भएको छ ।

अरनिको राजमार्गको ११४ किलोमिटर सडकमध्ये जुरेदेखि कोदारीसम्मको २२ किमी सडकको जाँच चिनियाँ प्राविधिक समूहले सुरु गरेको सडक विभागका उपमहानिर्देशक एवम् वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।



अरनिको राजमार्गको खाडीचौरदेखि बाह्रबिसेसम्मको सडक २०७० साउन १७ गतेको जुरे पहिरोले बिग्रिएको थियो । बाह्रबिसेदेखि कोदारीसम्मको सडक गत वर्ष गएको भूकम्पले क्षति भई अवरुद्ध भएको थियो । स्याफ्रुबेँसी–रसुवागढी १६ किमी सडक दुई लेनमा स्तरोन्नति गर्न सर्भे गर्ने काम पनि चिनियाँ प्राविधिक समूहले सुरु गरेको छ । दुवै सडक मर्मत एवम् स्तरोन्नतिका लागि चीन सरकारले रु १४ अर्ब अनुदान सहयोग गरेको छ ।

सरकारले गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी ६६ किमी सडक दुई लेनमा स्तरोन्नति गरिरहेको विभागका सहायक प्रवक्ता लक्ष्मीदत्त भट्टले बताउनुभयो । “सङ्खुवासभाको किमाथाङ्का नाका र चीन जोड्ने सडकमध्ये धनकुटा–किमाथाङ्का १८० किमी दुई लेनमा स्तरोन्नतिका लागि चीन सरकारसँग सहयोग प्रस्ताव गरिएको छ,” उहाँले भन्नुभयो ।

सडक फराकिलो गर्न ठेक्का गरी साउनबाट काम सुरु गरिने भएको छ । मुस्ताङको कोरला नाका खोल्ने प्रस्ताव पनि चीन सरकारसँग राखिएको छ । हुम्लाबाट चीन जोड्न तिब्बततिरबाट हिल्सा–सिमीकोट ९५ किमीमध्ये ७६ किमी ट्रयाक खोलिएको बताइएको छ । रासस
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z