कतार बाट धुर्बराजले ओलीलाइ लेखे – सपना पुरा गर्न नपाउँदै काठको बाकसमा पो आउँछुकि ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार।
अरबको तातोघाम संगै सिँगौरी खेल्दै तपाइलाइ खुल्ला पत्र लेख्दै छु ।  ओलि ज्यु तपाईं यो देशको प्रधानमन्त्री अनि सरकार प्रमुख पनि ।  तपाईंको एक हातमा चुनौती अनि अर्को हातमा जिम्मेवारी बहन गर्ने मौका आएको छ ।  हो ओलिज्यु सपना तपाइले पनि देख्नुभएको छ, मैले पनि देखेको छु, र आम नेपाली जनताले पनि देखेका छन।
 म मेरो सपना पूरा गर्न खाडिमुलुकमा आफ्नो रगत पसिना बेच्न बाध्य भएर आएको हु।  एकैचोटी सपना पूरा गर्न मैले नसकेपनी किस्ता किस्तामा भएपनी सपना साकार गर्न कोसिस गर्दै जानेछु। थाहाछैन मलाई म मेरो सपना पूरा गर्न नपाउदै अरबको गर्मीले गर्दा काठको बाकसमा प्याकिङ्ग भएरपो आउछुकी।

देसको अवस्था कस्तो छ भनेर मैले भन्दा पनि तपाईंले धेरै देख्नुभएको छ, भोग्नुभएको छ। जसरी तपाईंले आम नेपाली जनतालाइ ठूलो सपना बाड्नुभएको छ,त्यो आफैमा राम्रो कुरा हो र तपाईंको हरेक सपनालाई म आत्मसाथ सम्मान गर्छु, हो सपना देखेर नै अगाडि बढ्ने हो। सपनाले नै हो आंट दिने मानिसलाइ, समुद्रमा आफ्नै नेपाली पानीजहाज, देशमै पेट्रोलखानिको उत्खनन अनि लोडसेडिङ मुक्त देश , चिनदेखी काठमाडौ सम्म रेल, यी सपनाहरु कल्पना गर्दा पनि यो छाती क्या गज्जबले फुलेर आउँछ।



कल्पना गरेर सपना देखाउनु र ब्यबहारमा  उतार्नु बिच धेरै अन्तर छ प्रधानमन्त्री ज्यु, हुन त तपाईंले देख्नुभएका सपनाहरु असम्भव त छैनन, सम्भव नै छन् ।  तर ओलिज्यु तपाईंलाई अवगत नै छ होला कि सपना देखाएर नेपाल समृद्दी हुन सक्दैन।  सपनाको पानीजहाज चढेर अर्को देसमा जान सकिँदैन । गरिब जनताहरुको दैनिकी चल्दैन ।  सपनाको रेल चढेर चीन पनि जान सकिँदैन भने, सपना साकार पार्नको लागि कडा मेहनत अनि एकजुट भएर लाग्नु बाहेक अरु बिकल्प पनि त छैन नि………।

एकचोटि पछाडी फर्केर हेर्नुस त प्रधानमन्त्री ज्यु !  आम नेपाली जनताको दैनिकी कस्तो छ भनेर ? लुट, चोरी, ठगी, असुरक्षा, भ्रष्टाचार यस्ता समाजका भाइरस कुराहरुले कति सम्म जरो गाडेर बसेको छ भनेर ? काठमाडौमा दुई चार जनाले कार चढेर हिड्दैमा देस धनी भनेर नबुझ्नुस ओलिज्यु ।  देसमा अहिले छ्यापछ्याति खुल्लमखुल्ला कालोबजारी भैरहेको छ खोइ त कारबाही  गरेको ? किन त्यहा तपाईं अनि तपाईंको सरकारको आँखा गएन ? कृतिम  महङ्गिले गर्दा आज जनताको साझ बिहानको दुई छाकनै धरापमा पर्न गएको छ ।  खै कहाँ नियन्त्रणको लागि पहल गर्नुभएको ? माफियाहरुले देसलाइ काचै खान लागिसके, अझ उनिहरुनै यो समाजमा छाती फुलाएर हिडिरहेका छन् ,  खोइ त उनीहरुलाई  कडाभन्दा कडा कारबाही  गर्नुभएको ? भुकम्पले गर्दा जनताहरु झन गरिबिको रेखामुनी पुगे, उनिहरुको दैनिकी कसरी चलेको छ सोच्नुभएको छ ? तराइतिर उस्तै अराजकता बढेको बढ्यै छ, आफ्नै तराइ आज पराइ हुन लागिसक्यो खोइ त समाधान गर्नतिर कदम चाल्नुभएको ?  प्रश्नैप्रश्न छन म सङ्ग ओलिज्यु ।

तसर्थ ओलिज्यु मेरो भनाइको मतलव पहिला तपाईं हाम्रो देशको हाम्रो घरमा भएको समस्याको समाधान गर्नपट्टि लाग्नुस।  अनि तपाइले देखाउनु भएका सपनाहरु पनि पूरा गर्दै जानुस  । मेरो साथ छ तपाइलाइ, ठुला सपना पुरा गर्न पहिला सानैकुरा बाट सुरुवात हुनुपर्छ ।  ठुला ठुला भाषण अनि गफले देसको मुहार अनि काँचुली  फेरिदैन ।  जनता खुसी हुन सक्दैनन, समृद्धि हुन सक्दैन,जनताले यो देसमा सरकार छ भन्ने कुराको  महसुस गराउनतिर ध्यान दिनुस।  म सङ्ग अझै धेरै धेरै प्रश्नहरु थिय, तर सबैकुरा समेट्न सकिन, अर्को पत्रमा फेरि लेखुला, धन्यवाद ,जय नेपाल।।।

– ध्रुबराज बराज ( दोहा कतार )
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z