बुटवल लगातार चौथोे पटक पनि सर्बोत्कृष्ट
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बुटवल, देशभरका २ सय १७ नगरहरुलाई पछाडी पार्दै बुटवल उपमहानगरपालिका लगातार चौथो पटक देशकै सर्बोत्कृष्ट नगर घोषणा भएको छ । बिहीबार दिउसो यस्तो नतिजा सार्वजनिक भएको थियो । बिहीबार नै एक बिशेष समारोहका बिच बुटवल उपमहानगरपालिका खुल्ला दिशामुक्त र पूर्ण खोपयुक्त घोषणा भएकोथियो । संघीय तथा स्थानीय विकास मन्त्रालय अन्तरगत वित्तिय आयोगले गरेको मुल्यांकनका आधारमा देशभरका सबै नगर,उप तथा महानगरपालिकामध्ये बुटवल उत्कृष्ठ बनेको हो । मुल्यांकनमा बुटवलले ९० अंक प्राप्त गरेको छ । धनकुटा ८९ नम्बर ल्याएर दोश्रो र हेटौंटा ८८ अंक ल्याएर तेश्रो भएको छ । आयोगले हरेक बर्ष अघिल्लो आर्थिक बर्षको नतिजा सार्वजनिक गर्दछ ।
०६९ साल यता बुटवल लगातार सर्बोत्कृष्ट हुंदै आएको छ । गत बर्ष बुटवल र धनकुटाले बराबर ९१ अंक ल्याएर प्रथम भएकाथिए । आयोगले नगरपालिकाहरुले पालना गर्नुपर्ने न्युनतम शर्त मापनका १० र कार्य सम्पादनका ४० सुचक गरी गरी दुवैमा ५० , ५० अंक मापन गरेर मुल्यांकन गरेको थियो । प्रथम भएलगत्तै नगरपालिकामा आउने अनुदानमा बृद्धि हुने प्राबधान छ । सुशाशन, कार्यविधि,समूदाय परिचालन, योजना कार्यान्वय लगायतका मूल्यांकनको कुल एक सय अंकमा नगरपालिकाले उक्त अंक प्राप्त गरेको हो । बुटवल उप महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ध्रुबबहादुर खड्काले नागरिकका आवश्यकता मूल्यांकन गरेर योजना बनाउने एबं नीति र विधिमा टेकेर त्यसलाई सम्पन्न गर्ने काम गरेकाले नगर लगातार उत्कृष्ठ भईरहेको बताए ।
उपमहानगरपालिकाले प्रत्येक टोलमा टोल विकास समिति गठन गरेर उनीहरुमार्फत टोलको विकास, निकास र सरसफाइमा उदाहरणीय काम गरेका उनले बताए । बुटवलमा स्थानीय शाशन तथा सामुदायीक विकास कार्यक्रम अर्को उपलब्धीमुलक कार्यक्रम हो । उपभोक्तासंगको साझेदारीमा नगरभित्रको टोल टोलमा सडक विस्तार तथा निर्माण, ढल निकास, फोहोर व्यवस्थापन लगायतका पूर्वाधार विकासका कामहरु पनि भएका छन् । बुटवललाई अध्यारोरहीत बनाउन सौर्य सडक बत्ती विस्तार, कृषि उपज तथा थोक बजार केन्द्र संचालन, देशकै नमूना अटो भिलेज संचालन लगायतका महत्वकांक्षी योजनाहरु पनि संचालनमा छन् । तस्बिर अनलाईन
###
0 comments
Write Down Your Responses