विमानस्थलका कर्मचारी शौचालयभित्र डलर कारोबार गर्दागर्दै रंगेहात पक्राउ परेपछि….
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
त्रिभुवन विमानस्थलमा यात्रुसँग हिमचिम बढाउन थालेलगत्तै नेपाल एयरलाइन्सका सिनियर टेक्निसियन सुरेशकुमार दास पायामाथि प्रहरीले निगरानी बढाउन थालिसकेको थियो। जब विमानस्थलको स्टेराइजर हल नजिकैको शौचालयभित्र छिरे उनी, तब पक्राउ गरियो उनलाई। र, साथबाट बरामद गरियो ४ हजार ४ सय अमेरिकी डलर। कान्तिपुर दैनिकमा समाचार छ।
शौचालयमा नेपाल एयरलाइन्सका इन्जिनियर रञ्जितलाल विष्टलाई पछि फिर्ता गर्ने गरी उक्त रकम दिँदै गर्दा आइतबार उनी प्रहरीद्वारा गिरफ्तार भएका हुन्। केही दिनअघि मात्रै अवैध अमेरिकी डलरसहित विमानस्थलकै अर्का कर्मचारी पनि पक्राउ परेका थिए। विमानस्थल सफाइ कर्मचारी भरत सञ्जेल ८ हजार अमेरिकी डलरसहित असार ७ मा पक्राउ परेका थिए। विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज क्षेत्रका पास होल्डर उनीबारे गेटमा शंका लागेर जाँच गर्दा ८ हजार अमेरिकी डलर फेला परेको थिषे।
सुरक्षा गार्डका प्रमुख डीआईजी गोविन्दप्रसाद निरौलाका अनुसार पक्राउ समय र स्थान फरक फरक भए पनि यी दुबैको अपराध एकै हो। निरौलाका अनुसार प्रराम्भिक अनुसन्धानमा यी दुबैले विभिन्न एजेन्टसँग मिलेर आपराधिक गतिविधि गरेको खुलेकाले सञ्जाल भत्काउन महानगरीय प्रहरी अपराध महाशाखामार्फत थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ।

###
0 comments
Write Down Your Responses