९१ वर्षकी महिला मरेको ११ घन्टापछि जीवित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कात्तिक २९ - पोल्याण्डमा निधन भएको भनिएकी एक महिला ११ घन्टापछि जीवित भएर घर फर्किएकी छिन् । ९१ वर्षकी जानिना कोल्किविजलाई उहाँको डाक्टरले मृत घोषित गरेका थिए ।
त्यसपछि उहाँको शवलाई मुर्दा घरमा लगेर राखिएको थियो । जानिनाको परिवारले उहाँको निधन भएको प्रमाण पत्र तयार गरी अन्त्येष्टिको तयारी गरिरहेका थिए । तर जानिनालाई मुर्दाघरमा राखिएको ११ घन्टापछि मुर्दा घरका कर्मचारीले जिवित भएको पाए ।
मुर्दा घरका कर्मचारीले उहाँको शरीर चलेको देखेपछि डाक्टर र परिवारलाई खबर गरेका थिए । त्यसपछि उहाँलाई घर लगिएको छ । घर पुगे लगत्तै उहाँले सुप र केक खानु भएको छ । जानिनालाई मृत घोषणा गर्ने डाक्टर विसलाव जेजले यो घटनाबाट आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिनुभएको छ । महिलाको मुटुले काम गर्न छाडेको र महिलाले सास लिन पनि छाडेपछि आफूले मृत घोषणा गरेको जेजले बताउनुभयो ।
- एजेन्सीको सहयोगमा

###
0 comments
Write Down Your Responses