प्रचण्डज्यू, रोल्पालीलाई फेरि क्रान्तीको कोसेली!
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
२०५२ सालको चेतना बोकेर रोल्पा अझैँ आगो ओकेल्न तयार छ भन्ने भ्रममा नपर्नोस्
लामो समयको गुम्राहबाट फुत्त निस्केर पुष्पकमल दाहाल प्रचण्ड रोल्पा पुगेछन्। प्रचण्डले रोल्पाको दुर्गम गाउँ-गाउँमा पुगेर घाइतेको उपचार गर्छु त भनेनन्, उनले टुहुरा-टुहुरीको पढाइ लेखाइको सबै जिम्मा लिन्छु पनि भनेनन्l

रोल्पालाई नेपालको राजधानी बनाउने योजनाको कुरा गरेनन्l घरबार विहिन गरिब तथा विस्थापितहरुलार्इ नयाँ घर दिन्छु पनि भनेनन्l बेपत्ता गाउँलेलाइ खोजिदिन्छु भनेनन्l विधुवा र काख रित्तिएका आमाबाबुलाइ आर्थिक प्याकेज पनि घोषणा गरेनन्l बेरोजगार युवालार्इ रोजगारी दिन्छु त भन्दै भनेनन्l

बरु प्रचण्डले रोल्पाका केही गाउँघर घुमेर ठूल्ठूला लवजमा भनेछन् ‘म फेरि आन्दोलन गर्छुl आमहड्ताल पनि गर्छुl बातले नमानेकालाइ लात नै हान्छुl विद्रोह गर्छु, म नयाँ क्रान्ति गर्छुl आमूल परिवर्तन गर्छुl केही न केही त पक्का गर्छु, म गर्छुl'

संविधान निर्माणको महत्वपूर्ण काम छाडेर रोल्पा हानिएका प्रचण्ड आफूलार्इ बंकरमा पस्न मन लागेको भन्न समेत हिच्किचाएनन्l

यद्यपि रोल्पाको मुटु होलेरीदेखि घर्तीगाउँ र त्यसको आसपास भएको उनको घुमघाम धेरैले ध्यान दिएर हेरे। मानौँ, दश वर्षदेखि हराइरहेको सन्तान फर्किएको छ।

जब-जब प्रचण्ड संकटमा पर्छन्, तब-तबमात्र रोल्पा, रुकुम, प्यूठान (जनयुद्धका आधार इलाका) लाइ सम्झिने गर्छन्। भन्न त प्रचण्ड पनि यसै भन्छन्l दोस्रो संविधानसभाको निर्वाचनलाई 'थवाङ'ले पूरै बहिष्कार गरेका थियोl यो कुरालाई प्रचण्डले सम्झेनन्l थवाङले शून्य मतको नीति लिएकाे थियाेl- हेर्नुहोस् समाचारमा
किन हुन्छ थवाङमा शून्य मतदान? माओवादी सहर छिरेपछि उसको रहर फेरिएको छ– थवाङ

यस कुराको पनि कुनै असर प्रचण्डमा देखिएनl चुनावमा नमिठोसँग पराजय भोग्नुपर्यो, फेरि पनि प्रचण्ड रोल्पा पुगेनन्l किनकी प्रचण्डलाई कुनै पनि किसिमको संकट परेनl प्रचण्डलाई राम्रोसँग थाहा नभएको पनि होइन कि म उठेको जग रोल्पा नै हो भनेरl

त्यतिखेर उनले आफ्नो हालिमुहालीबाहेक सबथोक बिर्सेl जग भत्कियो भने घर भत्किन्छ, भत्केको घरमा सबैथोक पुरिन्छ भन्ने चेतना यसभन्दा पहिले प्रचण्डमा किन आउन सकेन?

हुन त प्रचण्डमा एउटा नमिठो आदत छ, 'बारम्बार झुट बोल्ने l' यो कुरा रोल्पालीले पनि नबुझेका हैनन्l यसपालि रोल्पालीले मुख खोलेछन्, 'प्रचण्डजी अब पनि झुट नबोल्नुस् l'

प्रचण्ड समुदायको भावना, सद्भाव सबथोक बुझेर पनि नबुझेजस्तो गर्छन्l गरिबको सपना बोकी हिँडेर पनि नहिँडेजस्तो अनि दुई कदम अगाडि बढेर पनि कतै अडिएजस्तो गर्छन्l यसो गरेर त गरिब जनता, विधवा, सहिद र टहुराटुहुरीको सपना पूरा गर्न सकिँदैनl

पहिलो निर्वाचनमा जसरी जनताको मतले प्रचण्ड पुरिएl आखिर को थिए ति मतदाता? धोका जनताले दियो भनेर विश्वास गर्न सकिने आधारहरु पनि छैनन्l

हिजोको परिस्थितिमा प्रचण्डलाइ विद्रोह गर्न कस्ले रोकेको थियो?  नेपाली सेनाले? नेपाल प्रहरीले? पूर्व राजाले? कि कस्ले ? तिनले आफैँ क्रान्तिलाइ  घात गरेका होइनन् ? जनातालाई धोका दिएका हैनन्? अनि रोल्पा पुगेर म फेरि विद्रोह गर्छु, म नयाँ क्रान्ति गर्छुl म आमूल परिवर्तन गर्छु भन्नुको के औचित्य रहन्छ र?

माओवादी युद्धको सुरुमै २०५२ सालतिर नै रोल्पा पाछाबाङका विष्णु रोका मगरको ढाडको नशा काम नलाग्नेगरी प्रहरीले यातना दियो। उपचार पाउने आशामा आँखाभरि आँशु बोकेर नेतालाइ गुहार्दा पनि कसैले सुनेनन् वा सुन्ने कोशिस गरेनन्l २०५९ सालतिर पनि रोल्पाकै गुम्चालमा तत्कािलन शाही नेपाली सेनाले माओवादी कलाकारहरुको सामूहिक हत्या गरेको थियो।

त्यसको उपज आज थुप्रै टुहुरा नानीबाबुले भोकभोकै रात कटाउनु परेको छl तिनलाई दिनमा स्कूल जाने होइन, जीवन धान्न काम गर्नुपरेको छl तिनको पढाइलेखाइको लागि प्रचण्डले कुनै जनवादी ब्यवस्था गर्न सकेनl

बेनी आक्रमणका घाइते भएका सुकबहादुर पुन मगर जो आफ्नो तिघ्रामा इन्सास राइफलको गोली बोकेर बाँचिरहेका मात्र छैनन्, दिल्लीमा सकी-नसकी काम गर्दैछन्, तिनले आफनो घाउ निको बनाउन सभासददेखि माओवादीका उच्च नेताको दैलोसम्म पुगे। तर, उनको घाउको दुखाई कसैले देखेन, बरु उल्टै पीडा दिएl हजारौं घाइतेलाई हामी उपचार गर्न सक्दैनौं भन्ने गैर जिम्मेवारविहीन जवाफ सुन्नुपर्योl

बस्ती जलेका, घर जलेका परिवार बिचल्लीमा परेका छन्l

द्वन्दपीडित, विस्थापित तथा घाइतेको नाममा निकास भएको सीमित सरकारी रकम (राहत) नेताहरुले नै झ्वाम पारेको थुप्रै उदाहरण छन्l तत्कालिन लडाकु अस्थायी शिविरमा मोटो रकम घोटलाको रामकहानी त अझैँ पनि छानविनको घेरामै छl

हिजोका घटना आजका पीडा हुन्l घाउलाइ निको बनाउन विचार भएरमात्रै पुग्दैनl मलमपट्टी र दबाइ पनि चाहिन्छl प्रचण्ड रोल्पा त पुगे तर घुमघाम र रमाइलोको लागिमात्र रोल्पा पुगे कि आफ्ना आश्वासनलाइ पूरा गर्न पुगे भन्ने कुरा मुख्य होl रोल्पा होलरीगाउँ र घर्तीगाउँका सयौं टुहुरा, विधवा, घाइते अपाङ्गको हितमा काम गरिदिने कोही पनि छैनl यतिसम्म कि बाबुराम र प्रचण्ड सरकारको पालामा समेत केही राहत हुन सकेनl

खासमा प्रचण्ड रोल्पा पुग्दा भौतिक सम्पदा पुननिर्माण गरिने घोषणा हुनुपर्दथ्योl हिजोको युद्धले घरबारविहीनलाई आवास व्यवस्था गरिनुपर्दथ्योl  स्कूलबिहीन टुहुरा नानीबाबुलाई जनवादी स्कूल देखाइदिनु पर्थ्यो। घाइतेकाे उपचार गर्न पहलकदमी लिनुपर्दथ्योl  भत्केका वा भत्काइएका स्कूल, पुल, बाटाघाटो बनाइनुपर्थ्यो l

यतिमात्र होइन रोल्पा,रुकुमको पहाडी इलाकामा केबुलकार र समथल इलाकामा छोटो दुरीका रेलमार्गको उद्घाटन हुनसक्नु पर्दथ्यो। तर, अपसोच धेरै वर्षपछि पनि रोल्पा र रुकुमको आँगनमा विद्रोहको कोसेली पुर्‍याउनेबाहेक अरु केही हुनै सकेनl

२०५२ सालको चेतना बोकेर रोल्पा अझैँ आगो ओकेल्छ जस्तो लाग्दैनl चेतनाको विकास र भौतिक विकासलाई समुदायको सन्तुलनसँग दाँजेर हेर्नु आवश्यक छ।

माओवादी लडाईँको आधारभूमि रोल्पालगायत थुप्रै ठाउँमा १७ वर्षअघि र पछिमा कुनै पनि आमूल विकास हुन सकेनl लडाकुदेखि लालसलामसम्मलाई स्थापित र उत्पादन गरेको रोल्पाली युवा सेना समायोजनको उच्च तहमा एक जना पनि पर्न सफल भएनन्l योग्यता पुगेर पनि प्रचण्डको सिफारिसमा पर्न सकेनन्l

रोल्पाली युवालाइ प्रचण्डले ‘वाइपास’ समेत गरेका हुन्l वाइपास गर्ने र कसरी हुन्छ युवाको मागबाट मुक्त हुने फोबिया थाहा पाउन कुनै लामो फेहरिस्त खोतल्नु पर्दैनl वैदेशिक पलायन र बेरोजगारी युवा दर हेरे पुिगहाल्छl

कुनै दिन माओवादी सेनाका कमाण्डर मनोज घर्ती मगरले भनेका थिए ‘जनयुद्धमा सबैभन्दा ठूलो भूमिका रुकुमेली र रोल्पाली छापामारको छ’l प्रचण्ड लगायत थुप्रै माओवादीले बेलाबेला यस्तै भाषण ठोक्थे। अन्तर्वार्ता दिन्थे। त्यही भाषण सुनेर हजारौं युवाहरु आफ्नो  नाक फुलाउथे। हुन त माओवादी युद्धमा रोल्पाली,रुकुमेली युवाहरुको बलिदानी घामजत्तिकै छर्लङ्ग छl

नेकपा मओवादीको असहमति र विरोधका बाबजुद प्रचण्डले सेना संयायोजन गरेl यसलाई नेकपा माओवादीले समायोजनलाइ विघटनको उपमा दियोl

२०६९ भदौ १० गते सोमबार ७० जना पूर्व लडाकुले नेपाली सेनाको अधिकृत (उपसेनानी) दर्ज्यानी चिन्ह लगाएl ७० जना उप-सेनानीमध्ये रोल्पाली र रुकुमेली लडाकु वीरेन्द्र बिएम (बुढा मगर) र भरत पुलामी मगरले मात्रै फूली लगाउन पाए। अन्य पुराना योग्यलाई वाइसीएल बनाएर बाहिर निकालियोl धेरै नयाँ नातेदार लडाकु अधिकृत बनेl प्रचण्डको एक सिफारिस मुख्य बन्योl

यस्तो किसिमको असमान ब्यवहारले पनि रोल्पाली तथा रुकुमेली समुदायको युद्धमा बगाएको रगतलाई माओवादीले कसरी अपमान गरेको छ भन्ने देखाउँछ।

जनवादी बखानभित्र रोल्पाली र रुकुमेली युवालाई सत्ताको भर्याङ चढ्न प्रयेग गरिएको रहेछ भन्ने पुन: खुलस्त हुन गयो।  धेरैजसो उप-सेनानीमा आफ्ना नातेदार र नजिकका युवालाई समायोजनको लागि सिफारिस गरेका थिएl अझ उदेक लाग्दो कुरा त के छ भने धेरै रोल्पाली छापामारलाई प्रचण्डले वाइसीएल बनाएर शिविरबाहिरै राखे-विद्रोहको चक्मा दिएरl

एघार वर्षाको कहाली लाग्दो द्वन्द्वमा हज्जारौँ जनताको बलिदानी भयोl २०५२ साल फागुन २ गते होलेरीस्थित प्रहरीचौकी आक्रमण गरी सशस्त्र विद्रोह सुरु गरेको थियो तत्कालिन माओवादीले। सशस्त्र विद्रोह अवधिमा रोल्पाका मात्रै १ हजारभन्दा बढीको ज्यान गएको थियोl

ती सोझा-साझा जनताले प्रचण्डको नाम सुनेको भरमा विश्वास गरेका हुन्l मुिक्तको लडाइँ लडेका हुन्l तिनले आफ्नो सबै खुसी बेचेर प्रचण्डपथको विचार किनेका हुन् वा समाहित भएका हुन्l

यस अर्थमा रगतको भेलद्वारा महान भइसकेका मानिस हुन् प्रचण्डl पुरानो घाउको खत निको नहुँदै अर्को नयाँ घाउको दुखाइ कसरी सैह्य हुनसक्छ? हजारौं विधवाको रित्तो सिउँदो र काखले खोजेको सपना भरिन नपाउँदै फेरि अरु हजारौँ सिउँदा कसरी रित्तो बनाइदिन मिल्छ ? यसको जवाफ केवल प्रचण्डसँग मात्र हाेलाl

अलिकति प्रसङ्ग बदलौ,

जुठे दर्जी सामान्य गाउँले थिएl काठपातको काम गरेर जहान केटाकेटीलाई दुई गास जोहो गर्नु जुठेको जीवन थियोl  हलो जोतेर पनि उनी निमेक गर्थेl

हिलेगाउँ उक्लिने बतासे डाँडामा उनको सानो घुमाउरो घर थियोl घर त के भन्ने र? झुपडी थियो l तर दुर्भाग्य ! उनको नाममा एक रोपनी खरबारीसमेत थिएनl

गरिबलाई गुजाराको लागि गाउँमा नै रोजगारी मिल्ने र भोकमरी हटेर जाने भाषण सुनेपछि २०५४ सालमा जुठे दार्जी माओवादी बनेl घरबारविहीनलाई घर मिल्ले भनेपछि उनी झन् रोमाञ्चित भएका थिएl यद्यपी बन्दुक भने बोिकसकेका थिएनन्l

बिनाकुनै विचार र दवाब उनले रातो झन्डा झोलामा राखेl झोला समातियो कि झन्डा समातियो। त्यो त थाहा भएन तर २०५५ सालमा जुठे दर्जीलाइृ डोगाडी खोला नजिक तत्कालिन शाही सेनाको गोली लाग्योl

त्यसको तीन महिना अघि उनीसँग बसेर नास्ता पानी खाएको थिएँl म घर हुँदा उनी आइहाल्थेl भन्थे, 'काखको छोरालाई म जस्तो निमुखा जीवन बिताउन नपरोस्, निमेक गरेर खान साजिलोहोस्, म त माओवादी भएँ, भएँ । म बीच बाटोमै मरीहालेछु भने पनि मेरो छोराले यही सिकोस् है दिल भाइ, कि निमुखा र निमेकमा बाँचेको जीवनभन्दा मृत्यु खतरा हुँदैन !'

केहीदिन पहिले फेसबुकमा म्यासेज आयो 'दिल दाइ नमस्ते, म कुमार दर्जी चिन्नु भयो?' म तिनको नाम पहिलो पटक सुन्दै थिएँl मैले सोधेँ 'को कुमार दर्जी भाइ ?'

जवाफ आयो-'उही क्या त दाइ, जुठे दर्जीको जेठा छोरा नि, म आमाको काख मै थिएँ, बाबा बित्दा' म छाँगाबाट खसेजस्तै भएँl मैले तिथि मिति हिसाब गरेँl

अरे ! उनको उमेर त १९ वर्ष पो पुिगसकेछ! म उनको फेसवुकको भित्ता हेर्छु, आफ्नो बाबाको पुरानो तस्वीर अपलोड गरेर क्याप्सन लेखेका रहेछन् 'आइ रियल्ली मिस् यू बाबा।'

अर्को स्टाटस पनि रहेछ, 'बाबाको अनुहार नदेखेको मन्छे मl' मेरो गँहभरि आँशु आयो। म तिनलाई कसरी भनुँ तिनको बाबुको अन्तिम सपनाबारे ? जबकि म अाफैँ निमुखा जीवन बिताउन नपरोस् भनेर मसिनो निमेक गर्छुl

२०५२ सालदेखि ०५८सम्म बाबुआमा गुमाउने बालकहरु अहिले क्रमश २२ देखि १७ वर्ष पुगिसकेका छन् l जस्तो कि कुमार दर्जी भाइl तिनीहरु कुरा बुझ्ने भैसकेl कारण खोतल्ने बनिसकेl कोही जंगलमा जन्मेका नानीबाबु होलान्l कोही पहाडको खोंचमा जन्मेका होलान्l कोही भागडौड गर्दागर्दै जन्मेका होलान्l जे-जसरी जो जन्मे पनि ती लक्का जवान भैसकेl  तिनले आफ्ना अभिभावक गुमाउनुको पीडा अहिले राम्रोसँग महशुस गर्न सक्छन्l

कुनै एउटा आदेशमा हजारभन्दा धेरै मानिस मरेको रातको उपलब्धि जान्ने अधिकार सबैभन्दा धेरै ियनलाई नै छ, जो कुनै दूर-दूर सपनाको निम्ति टुहुरा बनेl

गाउँभरि घाइते मन, मुटु र मगज जो छन्, तिनको बैचारिक उद्धार गर्न कसैले सकेको छैनl हुन त खुद प्रचण्डसमेत टावरसँग सम्पर्क टुटेको जहाजजस्तै देखिन्छन्l

प्रचण्डको रोल्पा यात्रा २०५२ साल र २०७१ सालमा  कुन उदेश्यका साथ भयो भन्ने मुख्य विषय होl तिनले भन्ने गरेको छलाङ् मारिएको हो भने अहिले रोल्पामा विकासको लहर देखिनु जरुरी थियोl परिवर्तनका संकेत देखिनुपर्दथ्यो तर अझै पनि होलेरीको गरिवी उस्तै छl घर्तीगाउँका युवामा बेरोजगारीको समस्या विकराल छl

उसो त प्रचण्ड सरकारमा नपुगेका पनि होइनन्l फेरि पनि जन-जीविकाको प्रश्नहरुको समाधान हुन सकेका छैनन्। आफू र आफ्नो पार्टी एमाओवादी नै जोडजोडका साथ माग गरेको संविधानसभाका विवािदत विषयमा बहस गरेर निकास निकाल्न वा सहमतिको दस्तावेज बनाउन बिर्सेर फेरि विद्रोहको धम्की दिनु आफ्नै ऐजेण्डाकाे विष वमन गर्नु होइन र?setopati
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z