सार्क राष्ट्रका सरकार प्रमुखहरुका लागी सिंगारियो लुम्बिनी(भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
रुपन्देही, कार्तिक २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बिभिन्न देशका राष्ट्र र सरकार प्रमुखहरुको भ्रमण नजिकिंदै गर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा जीर्ण भौतिक पूर्वाधार पुननिर्माण र मर्मत सम्भारको काम तिब्र रुपमा अगाडि बढाइएको छ ।
आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुने १८ औं सार्क शिखर सम्मेलनका अबसरमा लुम्बिनी पुग्ने पाहुनाको सत्कार र सम्मानका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिर लगायतका संरचना सिंगारिनुका साथै सरसफाई र सुरक्षा प्रबन्ध बलियो बनाइएको छ ।
सार्क सम्मेलनको अबसरमा भारतीय प्रधानमन्त्री मोदी, भुटान र श्रीलंकाका राष्ट्राध्यक्षहरुले लुम्बिनीको अवलोकन भ्रमण गर्ने भएपछि बिश्व शान्तीको प्रतीक लुम्बिनी सिगार्न थालिएको हो । विशिष्ट अतिथिहरुले मायादेवी मन्दिरको अवलोकन गर्नुका साथै अरु गतिविधिमा पनि सरिक हुने जनाईएको छ ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z