कतारमा कामका लागि गएका नेपालीहरुको अवस्था नाजुक
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं । कतारमा कामका लागि गएका आप्रवासी श्रमिकहरुको अवस्था नाजुक रहेको भन्दै सुधार गर्न एमनेष्टी इन्टरनेशनलले कतार सरकारलाई आग्रह गरेको छ । कतार सरकारले कामदारहरुको सुरक्षा र श्रम अधिकार स्थापित नगराएको भन्दै सुधार गर्न एमनेष्टीले कतार सरकारलाई आग्रह गरेको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एमनेष्टी इन्टरनेशनलको नेपाल कार्यालयले कतारमा श्रमिकको अवस्थाबारे एक रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा अहिलेपनि कतारमा काम गर्नका लागि गएका आप्रवासी श्रमिकहरुको अवस्थामा कुनै सुधार नआएको र उनीहरुको अवस्था दयनीय रहेको देखाएको छ । कतार सरकारले ६ महिनाअघि प्रतिवद्धता व्यक्त गरेका श्रमिक अधिकार र सुरक्षालाई पनि कार्यान्वयनमा नल्याएको भन्दै चाँडैनै कार्यन्वयन गर्न एमनेष्टीले आग्रह गरेको छ । कतारमा काम गर्न जाने नेपाली मजदुरहरुको अवस्था पनि नाजुक रहेको एमनेष्टीको नेपाल कार्यालयका निर्देशक रामेश्वर नेपालले बताउनुभयो । कन्स्ट्रक्सन र घरेलु कामदारका रुपमा कतार पुगेका नेपालीहरुको सबैभन्दा नाजुक रहेको पनि उहाँले बताउनुभयो । कतिपय घरेलु कामदारहरु शारीरिक तथा यौन शोषणमा परेको र निर्माण मजदुरहरुले न्युनतम सुविधा पनि नपाएको निर्देशक रामेश्वर नेपालले बताउनुभयो ।

एमनेष्टी इन्टरनेशनल लगायतका मानव अधिकारवादी संस्थाले कतारमा आप्रवासी कामदारहरुको अवस्थाबारे अध्ययन गरिरहेको छ । मानव अधिकारवादी संघसंस्थाले कतार सरकारलाई पटकपटक आप्रवासी कामदारहरुको सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न भनेपनि कतार सरकारले त्यसलाई कार्यान्वयनमा ल्याएको छैन । अहिले पनि आप्रवासी कामदारहरुले आफ्नो देश जान चाहेका कार्यरत कम्पनीबाट पूर्व स्वीकृति लिनुपर्ने, कसैको मृत्यु भएका स्वतन्त्र छानबिन नहुने, रोजगारदाताले तलब तथा आवश्यक सुविधा नदिए मुद्दा लड्न सरकारलाई पैसा तिर्नुपर्ने लगायतका समस्या छन् । कतारमा आप्रवासी कामदारको सङ्ख्या झण्डै २५ लाखको हाराहारीमा छ भने नेपालबाट मात्रै झण्डै ६ लाखको हाराहारीमा कामदारहरु कतार गएका छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z