भारतसँग नेपाल सात विकेटले पराजित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो |
काठमाडौं : बंगलादेशमा जारी यु–१० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल तीन पटकको विश्वविजेता भारतसँग सात विकेटले पराजित भएको छ ।
ढाकामा भएको समूह चरणको अन्तिम भिडन्तमा नेपालले टस हारेर दिएको १७० रनको चुनौती भारतले १७९ बल बाँकी रहेको अवस्थामा १८ ओभरमै भेट्टाएको हो ।
भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको नेपालले पुरै ४८ ओभर खेल्दै ८ विकेटको क्षतिमा १६९ रन बनाएपछि भारतले सो चुनौती पाएको थियो ।
३० ओभर बाँकी रहेकै अवस्थामा भारतलाई फराकिलो जित दिलाउने क्रममा १८ बलमा अर्धसतक ठोकेका उनले २४ बलमा ७८ रन बनाए । रिसबलाई प्रेम तामाङले पेभेलियनको बाटो देखाए ।
आक्रामक ब्याटिङ गर्दै भारतको स्कोर उच्च बनाउने क्रमा इशान कृष्ण ३८ बलमा ५१ रन बनाउँदै आउट भए । नेपाललाई पराजित गरेपछि भारत समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्दा नेपाल उपविजेता भएको छ ।
उनलाई सन्दीप लामिछानेले पेभेलियनको बाटो देखाए । त्यसैगरी रिक्की भुइलाई प्रेम तामाङले पेभेलियन फर्काए । त्यसैगरी सर्फराज खानले २१ र अरमान जफरले १२ रनको योगदान दिए ।
पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर सन्दीप सुनारले ७३ बलमा ३७ रन जोडेर आउट भए । राजवीर सिंहले ६८ बलको सामना गर्दै ३५ रनको योगदान दिए । त्यसैगरी अरिफ सेखले ४४ बलमा २६ रन जोडे ।
नेपालका लागि नटआउट रहेका प्रेम तामाङले ४० बलमा २९ रन बनाए । त्यसैगरी सुशील कँडेल ३ रनमा नटआउट रहे ।
सुनिल धमला शून्यमै पेभेलियन फर्के भने योगेन्द्रसिंह कार्की ७ र राजु रिजाल ६ रनमै आउट भए । त्यसैगरी मध्यक्रमका दीपेन्द्रसिंह एेरी १ रनमै रन आउट हुन पुगे ।
नेपालका कुशल भुर्तेल पनि ६ रन बनाउँदै आउट भए । उनी अघि बढेको अवस्थामा भारतीय विकेट किपरबाट स्टम्प आउट भएका थिए ।
###
0 comments
Write Down Your Responses