मोदी आउने भएपछि लुम्बिनी सिँगारिदै (भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भैरहवा, कार्तिक २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुको भ्रमण हुने भएपछि अहिले बुद्ध जन्मस्थल लुम्बिनीमा जीर्ण भएका भौतिक पूर्वाधारहरुको मर्मत–सम्भार तीव्र बनाइएको छ ।
आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुने १८औं सार्क शिखर सम्मेलनका अवसरमा लुम्बिनीमा आउने पाहुनाको सम्मानका लागि मायादेवी मन्दिरलगायतका संरचनालाई सिँगार्न थालिएको हो ।
भारतीय प्रधानमन्त्री मोदी, भुटानी राजा र श्रीलंकाका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गर्ने जनाइएको छ ।
मायादेवी मन्दिर, पवित्र उद्यान क्षेत्रमा रहेका चारओटा पोखरी, सडक तथा केन्द्रीय नहर सफा गर्ने काम अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले जानकारी दिए ।
मर्मत–सम्भारका लागि सरकारसँग १ करोड ५ लाख रुपैयाँ माग गरिएपनि अहिलेसम्म रकम उपलब्ध नभएको पनि तामाङले बताए ।

###
0 comments
Write Down Your Responses