एउटै रूखको १२ लाख
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
संखुवासभा, कार्तिक २६ - एउटै रूखबाट १२ लाखसम्म आम्दानी हुन्छ ? हुँदोरहेछ । सदरमुकाम खाँदबारीनजिकैको गाउँमा एउटा रुद्राक्षको एउटै बोटबाट १२ लाख कमाइ भएको छ । ढुंगेधाराका किसान लक्ष्मीकुमार श्रेष्ठले एउटै बोटबाट यति धेरै रकम आम्दानी गरेका छन् ।
कन्ठे भनिने ५ मुखे रुद्राक्ष बेचेर उनले एउटै बोटबाट १२ लाख ११ हजार जम्मा गरेको बताए । ३ वर्षअघिदेखि फल्न थालेको यो बोटको सबै रूद्राक्ष एकनासको र बोक्रा नखोलिकनै उनले राम्रो आम्दानी गरेका छन् । यो बोटमा १ हजार ३ सय रुद्राक्षका दाना फलेका थिए ।
'मेरो घरछेउको रुद्राक्षको बोटमा ठूल्ठूला दाना फले, बोटमै किन्न आएपछि मैले बोक्रा नखोली बेचें,' उनले भने, 'त्यसबाट १२ लाख ११ हजार पाएँ ।' बोटमै १५ सय दाना छ भनेपछि व्यापारीले एउटै रूखका सबै रुद्राक्ष एकलौटी तरिकाले लिएर गएको उनले बताए ।
कमाइ भएको पैसाले साहुको ऋण तिरेको र छोराछोरीलाई पढाउन सहज भएको उनले बताए । उनका एउटा जेठा छोरा ललित सिभिल इन्जिनियर र कान्छा प्रबल बीएस्सी अध्ययनरत छन् । ३ वर्षअघिसम्म ५ मुखे रुद्राक्षका दाना प्रतिकिलो ३० रुपैयाँसम्ममा बिक्थ्यो । पछिलोपटक चीनमा रुद्राक्ष जान थालेपछि अरूको भन्दा ५ मुखेको मूल्य बढेको खाँदबारीका व्यापारी कमल कटुवालले बताए ।
'३ वर्षअघि ५ रुपैयाँमा बिक्री हुने रुद्राक्ष अहिले गोटाको २ हजारसम्म बेच्ने गरेको छु,' कटुवालले भने, 'अहिले खाँदबारीमा ५० भन्दा बढी चिनियाँ रुद्राक्ष किन्न आएका छन्, उनीहरूलाई पनि बेचिरहेका छांै ।' उनका अनुसार चीनमा केमा प्रयोग हुन्छ भन्ने उनीहरू खुलाउँदैनन् ।
प्रत्येक वर्ष भदौदेखि सुरु भएको रुद्राक्षको कारोबार फागुनसम्म बढी व्यापार हुने गरेको छ । दुवै जिल्लामा उत्पादित रुद्राक्षको मुख्य बजार सदरमुकाम खाँदबारी हो । विशेषगरी रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुन्छ । मुख र आकारले रुद्राक्षको मूल्य निर्धारण गर्ने हुँदा यसको मूल्य मुख र आकारका आधारमा कम र बढी हुने गरेको व्यापारी कटुवालको भनाइ छ । खाँदबारीमा मात्रै सातामा करोड रुपैयाँभन्दा बढीको रुद्राक्षको व्यापार हुने गरेको छ ।
सामान्यतः दुई मुखेलाई २० देखि ३० हजार र तीन मुखे ३ सयदेखि ५ सयसम्म ६ मुखेलाई ४० रुपैयाँदेखि सयसम्म ७ मुखेलाई ५ सयदेखि हजारसम्म, ८ मुखेलाई १५ सय देखि ३ हजारसम्म, ९, १० र ११ मुखेलाई ५ हजारदेखि १० हजारसम्म र १२ मुखेलाई ७ हजारदेखि १२ हजारसम्म, १३ मुखे १० देखि १५ हजार, १४ मुखे २५ हजारभन्दा बढीमा बिक्री हुने गरेको छ । २० मुखे ५ देखि १५ लाखसम्म, २१ मुखे २५ लाखभन्दा माथि, २७ र २८ मुखेलाई ४० लाखभन्दा माथि खाँदबारी बजारमा किनबेच हुने गरेको छ ।
संखुवासभामा वाषिर्क अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष किनबेच हुने गरेको व्यवसायी बताउँछन् । 'तीन वर्षयता ४, ५ र ६ मुखेको रुद्राक्ष माग अत्यधिक बढेको छ,' उनले भने, 'भोजपुरको दिङ्ला क्षेत्र र संखुवासभामा फलेको एउटै रुद्राक्ष ५० लाखसम्ममा बिक्री हुने गरेको छ ।'
यहाँ उत्पादित रुद्राक्ष देशका विभिन्न सहर, भारत र चीनसम्म पुग्ने गरेको छ । रुद्राक्ष कारोबार फस्टाउन थालेपछि केही वर्षदेखि श्रेणी विभाजन गरी जिविसले कर लिन थालेको छ । एक हजारभन्दा बढी व्यापारीलाई जिविसले लाइसेन्स वितरण गरेको छ ।

###
0 comments
Write Down Your Responses