धरानमा बिरामीलाई वासी त्यसमा पनि कुहिएको जाउलो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
धरान।धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको प्रसुति विभागमा सन्चालित क्यान्टिनले बासी भात र कुहिएको दुर्घन्धित जाउलो बिक्रि गर्ने गरेका खुलासा भएको छ । यस अघि पनि बासी भात सगै म्याद नाघेका खाद्य पदार्थ विक्री गर्ने गरेको आरोप लागे पनि आइतवार वासी त्यसमा पनि कुहिएको जाउलो बिरामीलाई दिएपछि कर्तुत बाहिर आएको हो । प्रतिष्ठान स्थित क्यान्टिनमा २ दिन अघि पकाएको कुहिएको भातको जाउलो बिरामीलाई दिएपछि पाठेघरको शल्यक्रियाका लागि अस्पतालमा भर्ना भएकी रोगीले कुहिएको गनाएर खान नमानेपछि सडेगलेको जाउलो दिएको पत्तो लागेको हो । लगत्तै बिरामीका आफन्तले ‘यस्तो गनाउने जाउलो किन दिएको’ भन्दै क्यान्टिनका कामदारलाई भन्न गएपछि, पीडितमाथि नै कामदारले दुव्र्यवहार समेत गरेका थिए । प्रतिष्ठानको प्रसुति विभागमा भर्ना भएका इटहरीकी सुनिता कार्कीलाई खानको लागी क्यान्टिनवाट जाउलो खरिद गरि लगेका र बिरामी खान लाग्दा गन्हाए पछि क्यान्टिनको कर्तुत सार्वजनिक भएको हो । विरामीका श्रीमान विनोद कार्कीले जाउलो गनाएको भनेर क्यान्टिनका कामदारले वासी भएको स्वीकार गरे पनि कार्की माथि दुव्र्यवहार समेत गरेका थिए ।
विरामीका आफन्तहरुले भने भात मात्र नभई सो क्यान्टिनमा रहेका सवै सामग्री वासी सडेगलेको रहेको वताएका छन् । साथै उनिहरुले क्यान्टिनमा तोकिएको रेट भन्दा वढिमा समाना बिक्रि गर्ने गरेको वताए ।
यता प्रहरी नियन्त्रण्मा रहेका कुहिएको भात ल्याइदिने क्यान्टिनका कामदार किरण मगरले भात कुहिएको स्वीकार गरे । खाना तयार गर्दा मेरो ड्युटी थिएन । मेरो ड्युटीको बेला तयार भएको खाना बनाएर दिएको र सो खाना अघिल्लो दिन बानाएको स्वीकारे
मगरलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ भने सञ्चालक पवन अग्रवाललाई भने प्रहरीले पक्राउ गरेको छैन । सञ्चालक ले भने यो विषयमा प्रतिक्रिया दिन चाहेनन् । यता प्रतिष्ठानका रजिष्टार तुल वहादुर श्रेष्ठले भने आफु प्रतिष्ठान बाहिर रहेकोले सोमवार पुगेर क्यान्टिन वन्द गराई सञ्चालकलाई कारबाही गर्ने जानकारी दिए ।

###
0 comments
Write Down Your Responses