किन कठोर बन्दैछन प्रचण्ड ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
प्रयास पराजुली काठमाडौं ।
दस बर्षे जनयुद्धको नेतृत्व गरेका एमाओवादीका अध्यक्ष प्रचण्डले दिनप्रतिदिन कठोर बन्दै गएपछि राजनीतिमा चर्चा र चासोको बिषय बनेको छ । शान्ति प्रक्रियाको झण्डै आठ बर्षको अवधिमा वार्ता र संवाद मार्फत नै सबै समस्याको समाधानमा सक्रिय भूमिका निर्वाह गरेका प्रचण्ड पछिल्ला दिनहरुमा दलहरुको संवाद छाडेर देश दौडाहमा निस्किएका छन् । प्रचण्डलाई विवादित विषयमा सहमति गर्नको लागि चासो नदिएको आरोप पनि लागेको छ । तर प्रचण्डले आठ बर्षको अवधिमा कांग्रेस एमालेलाई विश्वास गरेर आफूले धोका पाएको बताउँदै आएका छन् ।
आलीको बोलीले प्रचण्ड आगो
सिंहदरवार बालुटारमा रातदिन छलफल गर्दा पनि एमाओवादीले आफ्नो पूर्ववत अडान छाडेर सहमतिको लागि आग्रह गर्दा पनि सत्तारुद्ध दल कांग्रेस र एमालेले आफ्नो अडान छोडन तयार नभएको निष्कर्ष एमाओवादीको छ । संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले अगुवाईमा गोकर्ण रिसोर्टमा भएको वार्ता मार्फत निकास निस्कने धेरैको अनुमान थियो । आखिर अनुमान न प-यो किन मेल खान्थ्यो । नाटकको प्रस्तुत गर्नुअघि एउटा वाक्याशं प्रस्तुत हुन्छ,‘यो घटना कसैको जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।’ नभन्दै गोकर्ण रिसोर्टमा भएको वार्ता पनि संयोज मात्र भयो । निकास निस्किन सकेन । गाठो झन कसियो ।
गोकर्ण रिसार्टमा तीन दलका नेताहरुबीच निकै भनाभन भएपछि एमाले अध्यक्ष ओलीले प्रश्न गरे,‘प्रचण्डजी सधै निहुँ खोज्ने कुरा गरेर मात्र हुन्छ, संविधान बनाउँनु पदैन ?’जवाफमा प्रचण्डले ओलीजी म र मेरो पार्टी संविधान बनाउने प्रतिबद्ध छौ तपाईहरु सहमति भन्ने तर बहुमतिको धाक लगाउने भन्दै प्रतिप्रश्न तेस्याए । ओलीले थपे,‘अब तपाईहरुलाई कुरेर बस्न सकिदैन, बहुमतिको कुरा हुन्छ चित्त नबुझे बन्दुक पडकाए देखाए हुन्छ ? यो जवाफसँगै प्रचण्डले आफूलाई निकै अपमान गरेको महशुस गर्दै भनेको थिए,आज ठूलो पार्टी भइयो भन्दैमा हेप्न नखोज्नुहोस मैले हिम्मत हारेको छैन ।
७ प्रदेशले चिडिए प्रचण्ड
गोकर्ण रिसोटपछि पनि तीन दलबीच धेरै छलफल र बैठकहरु भए । बैठकमा पुरानै कुरा मात्र दोहो¥याउने भएपछि तीन दलका नेताहरु नै सहमति हुनेमा ढुक्क थिएनन । कति बस्ने रातदिन बैठक बस्यो सहमति नहुने भएपछि नेताहरु वाक्कदिक्कको स्थितिमा पुगेका थिए ।
सुनारको सय चोट लोहारको एकै चोट भनेझै वार्ता र संवादले निरन्तता पाएकै अवस्थामा कांग्रेस एमाले मिलेर ७ प्रदेश सहितको साझा प्रस्ताव संवाद समितिमा प्रस्ताव पेश गरेपछि राजनीतिले नयाँ मोड लिन पुग्यो । जसको कारणले तीन दलको बीचमा हुने संवाद र छलफल अबरुद्ध भएको छ ।
प्रचण्ड रोल्पा जानुको रहस्य
कसैले स्वीकार गरेपनि नगरेपछि नेपालको राजनीतिमा पचण्डको माग छ । राजनीतिमा होस वा कुटनीतिमा होस प्रचण्डको माग छ । १० बर्ष जनयुद्धको नेतृत्वमा सफल भएका प्रचण्ड शान्ति प्रक्रियाको संसदीय राजनीतिमा सफल हुन सकेनन । ओली र कांग्रेसका केही नेताहरुको अभिव्यक्तिले प्रचण्डलाई निकै अपमानित भएको महशुस गरेपछि पार्टीका नेताहरुसँग प्रचण्डले छलफल गरे । प्रचण्डले आफू निकट नेताहरुसँग भनेका थिए,‘कमरेडहरु कांग्रेस एमालेले हामीलाई निकै पेलेर अगाडि बढ्न खोजेका छन्, बहुमतको आडमा धम्कीका भाषा ओकल्न थालेका छन्, अब के गर्ने ? प्रचण्डको सहयोग नेताहरुले उक्त छलफलमा पेलेरै अगाडि जानको लागि सात प्रदेशको प्रस्ताव गरेपछि वेवास्था गरेर अगाडि बढ्ने देखियो । अब तपाई तत्काल नै काठमाडौं जादा राम्रो हुन्छ भनेर सुझाएका थिए । लगत्तै प्रचण्डले निर्णय गरे रोल्पा गएर आफू बसेको बंकर हेर्छु र कांग्रेस एमालेलाई भन्छु‘संविधान निर्माणमा एमाओवादी आवश्यक छ कि छैन ?’
सुशीलले यसरी खाए प्रचण्डको गाली
नेता नन्दकिशोर पुनको घरमा बास बसेर बिहान पचण्ड चिया खादै थिए । त्यतिकैमा प्रचण्डको मोबाइलमा घण्टी बज्यो । प्रचण्डले फोन हेर ए सुशीलजी किन आत्तिएको होला भन्दै फोन उठाए । काठमाडौबाटा प्रधानमन्त्री सुशील कोइरालाले आग्रह गदै भने,‘प्रचण्डजी काठमाडौं आउनु प-यो निकै अपठ्यारो प-यो अब के गर्ने ? प्रचण्डले मुसुमुसु हाँस्दै भने सुशीलजी सहमति हुने आधार तयार छ भने म अहिले काठमाडौं आउँछु, सहमति हुन्छ त ? जवाफमा कोइरालाले पहिला काठमाडौं आउनुहोस बसेर कुरा गरौंला नि हुदैन ? प्रचण्डले कडा स्वरमा सुशीललाई भने,‘तपाई यस्तो कुरा नगर्नुहोस, साझा प्रस्ताव बनाउने विषयमा कुनै छलफल नगर्ने, सहमति सहमति भन्ने के हो यो सहमति हावाकै भरमा सहमति हुन्छ सहमति गर्ने भए ओलीजीसँग गर्नुहोस मेरो कार्यक्रम सकिएको छैन सकेर मात्र काठमाडौं आउँछु । कोइरालाले राजनीतिक परिस्थिति जटिल बन्दै गयो आउनु प-यो भनेर निकै नै आग्रह गरेपछि रोल्पाबाट दुई दिनको कार्यक्रम छोट्याएर प्रचण्ड काठमाडौ फर्किए ।
बालुटारमा तै चुप मै चुप
प्रचण्ड काठमाडौं आएपछि राजनीतिक अन्यौलता हटला भन्ने अनुमान गरिएको थियो । नभन्दै प्रधानमन्त्री कोइरालाले शुक्रवार बिहानै बालुवाटारमा बैठक बोलाए । प्रचण्ड पनि गए । तीन दलबीच मुख हेराहेर भयो । प्रचण्ड धेरै बोलेनन । कांग्रेस एमालेका नेताहरुले प्रचण्डलाई सोधे, कार्यक्रम कस्तो भयो ? प्रचण्डले जवाफ थियो, बंकर हेर जनता भेटे उर्जा लिएर काठमाडौं फर्किए । प्रचण्डले यसो भनेपछि बैठकमा सन्टना छायो । एकछिन पछि पुनः सुरु भयो उही परानै विवादित विषयके पोका पुन्तुरा फुकाउने काम । दलहरुले आ–आफ्नो अडान दोहो-याए बैठक सकियो । दिउसो संवाद समितिको बैठक बोलाइएको थियो । प्रचण्ड पनि सहभागी भए । केही बेर बैठकमा बसे प्रचण्डल आफ्नो पार्टीको धारणा राखे । निहु खोज्ने नै हो भने संविधान बन्दैन कांग्रेस एमालेको हुत्ति छ भने संवाद समितिबाट भट्टराईजीलाई हटाएर अर्को सभापति बनाए हुन्छ हामी पनि डराउँदैनौ । यसो भनेपछि कांग्रेस एमालेका नेताले कुनै प्रतिवाद गरेनन । बैठकमा प्रचण्डले भने,‘२२ दलिय मोर्चाको कार्यक्रममा भाग लिन धनगढी जानु छ म हिडे ।’
प्रचण्ड आक्रोशित हुँदा भट्टराई चेपुवामा
प्रचण्ड कांग्रेस एमालेसँग आक्रोशित हुँदा सबै भन्दा अपठ्यारोमा नेता भट्टराईले खेप्नु परेको छ । ‘खाउ भने दिनभरीको शिकार नखाऔ भने कान्छा बा’ अनुहार भनेझै भएको छ । कांग्रेस एमालेले पेस गरेको प्रस्ताव पनि प्रक्रिया अन्र्तगत संविधान पढाउनु पर्ने बाँध्यता छ भने पठाउँदा पार्टीभित्रबाटै आलोचना खेप्नु पर्ने अपठ्यारोमा परेका छन् । कांग्रेस एमालेको हप्की खाएपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथ लिएर पत्रकार सम्मेल नै गर्नुपर्ने अवस्था समेत सृजना भयो । प्रचण्ड देश दौडाहा लागेपछि प्रचण्ड र भट्टराईबीच पनि फाटो आएको बाइएको छ ।
प्रचण्डसँग डिल गर्ने नेता नै भएनन
शान्ति प्रक्रियाका हस्ताक्षर कर्ता प्रचण्डले आफूलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा आफूलाई राम्रोसँग स्थापित गरेका छन् । प्रखर वक्ता आफ्नो कुरा स्पष्टसँग राख्न सक्ने प्रचण्डको विशेषता हो । अहिले प्रचण्डले कांग्रेस एमालेलाई टेदै नटेको बताइएको छ । प्रचण्डसँग डिल गर्ने नेताको अभावमा अहिलेको राजनीतिक अवस्था गुज्रिरहेको छ । अब प्रचण्डसँग कांग्रेस एमालेले कुन रुपमा अगाडि बढ्छन भन्ने कुरामै राजनीतिक बाटो निर्धारण गर्ने विश्लेषण गरिएको छ ।

###
0 comments
Write Down Your Responses