डेढ करोड लगानीमा इजरायली प्रविधिबाट तरकारीखेती
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चितवन, कात्तिक २९ – चितवनको चित्रवन नगरपालिका स्थित शशिनगरमा विभिन्न क्षेत्रका युवा मिलेर इजरायली प्रविधिको प्रयोग गर्दै तरकारीखेती सुरु गरेका छन् । हाल इजरायलमा काम गरिरहेका र इजरायलबाट फर्किएका युवा मिलेर यहाँ डेढ करोडको लगानीमा तरकारीखेती सुरु गरेका छन् भने रु दुई करोड लगानी गर्ने लक्ष्य रहेको उनीहरूले बताएका छन् । उनीहरूले टनेल नै बनाएर अनि थोपा सिँचाइ र झोल मलको समेत प्रयोग गरेर खेती सुरु गरेको तरकारीको रेखदेख गर्दै आएका किरण सिंहले जानकारी दिए । उनी इजरायलमा आठ वर्षसम्म तरकारी र नर्सरी व्यवस्थापनमा काम गरेर फर्किएपछि व्यवसायमा सक्रिय भएका हुन् । तरकारीखेती हेर्दै आकर्षक देखिन्छ । झार मार्न प्लाष्टिकको समेत प्रयोग गरिएको छ । उनका अनुसार यहाँ पौरखी इन्भेष्टमेन्ट प्रालि नै स्थापना गरेर तरकारीखेतीसँगै बङ्गुरपालन, बाख्रापालन र माछापालनसमेत सुरु गरिएको छ ।
उक्त कम्पनीमा अहिलेसम्म ३६ जना सेयर सदस्य भएका छन् । त्यसमध्ये दुईजना उक्त खेतीमा सक्रिय भए पनि अन्य ३४ जना सबै इजरायलमै छन् । इजरायलमा करिब आठ वर्ष तरकारीखेतीमा काम गरेर आउनुभएका सिंहले त्यहाँ सिकेको सिप उपभोग गरेर खेती सुरु गरेको बताए ।
हाल यहाँ १० बिगाहामा तरकारीखेती, दुई बिगाहामा माछापालन, १० कट्ठामा बङ्गुरपालन र बाख्रापालन सुरु गरिएको व्यवसायी किरण सिंहले बताए । उनले नेपालमा मूल्य निर्धारण, क्षतिपूर्ति, परीक्षण र गुणस्तरीय औषधिको अभाव भएको बताए । गएको चैतबाट सुरु भएको तरकारीखेतीमा अहिले गोलभेँडा लहलह भएर फैलिएको छ । तर विगतमा चारदिन लगातारको वर्षाले प्रभावित पारेको उनले बताए ।

###
0 comments
Write Down Your Responses