भारतको छत्तिसगढमा माओवादी आक्रमण, १३ प्रहरी मारिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर १५ । भारतको छत्तिसगढ राज्यमा माओवादीले गरेको आक्रमणमा परी १३ जना प्रहरीको मृत्यु भएको छ । छत्तिसगढको सुकमा जिल्लामा गस्तीमा रहेका सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)को टोलीमाथि माओवादी लडाकुले आक्रमण गरेका थिए ।
मारिनेमा सीआरपीएफका दुईजना अधिकृत र ११ जना जवान रहेको समाचारमा जनाइएको छ ।
नयाँ दिल्लीमा नरेन्द्र मोदीको सरकार बनेपछि माओवादीबाट भएको यो नै ठूलो घटना हो । घटनापछि आक्रमणकारीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । (एजेन्सी)

###
0 comments
Write Down Your Responses