राजधानीमा भेटिए 'लिगिनायर्स'का बिरामी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं- युरोपेली मुलुक पोर्चुगलमा महामारीका रूपमा फैलिरहेको पानीबाट सर्ने रोग 'लिगिनायर्स'का दुई बिरामी नेपालमा पनि भेटिएका छन्। एक महिनाअघि राजधानीको बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका दुई बिरामीको परीक्षण गर्दा यो रोग पुष्टि भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
रोग पुष्टि भए पनि नेपालमा सार्क सम्मेलन परेको र त्यसले सम्मेलनलाई असर पार्ने त्रासले लामो समयसम्म सार्वजनिक नगरेको सरकारी अधिकारीहरूले बताएका छन्।
दुवै बिरामीमा भाइरल, उच्चज्वरो, पखाला र बेहोस हुने लक्षणसमेत देखिएको थियो। त्यसैगरी दुवैमा फोक्सोमा कडा निमोनिया देखिएको र रगतमा नूनको मात्रा निकै कम भेटिएको थियो। चिकित्सकहरूका अनुसार अन्य निमोनियामा बिरामी एक्कासि बेहोसको अवस्थामा नपुगे पनि यो रोगले त्यो अवस्थामा पुर्यारउँछ।
अस्पतालको आइसियुमा राखिएका ती बिरामीमा विभिन्न परीक्षण गर्दा पनि रोग पत्ता नलागेपछि लिगिनायर्सको शंका गरेर परीक्षण गरिएको थियो। त्यसलगत्तै अस्पताल प्रशासनले अन्यत्र पनि फैलिनसक्ने भन्दै महाशाखालाई जानकारी गराएको थियो।
विभिन्न अस्पताल प्रमुख र विशेषज्ञहरूको गोप्य बैठक बोलाउँदा धेरै चिकित्सकले यस्ता लक्षण भएका बिरामी बढ्दै गएको जानकारी दिएको महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले बताए।
सामान्य रुघाखोकी सम्झेर बेलैमा उपचार नपाए गम्भीर निमोनिया भएर बिरामीको मृत्यु हुन्छ। महाशाखाले सुरुमा सामान्य रुघाखोकीजस्तै देखिए पनि बेहोसको अवस्थामा पुर्यायउने रोग खतरनाक भएको भन्दै पानीको प्रयोगमा सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ। बयोधामा भर्ना भएका दुवै बिरामी निको भएर डिस्चार्च भइसकेको समेत महाशाखाले जनाएको छ।
यसअघि टर्की, अमेरिकामा देखापरेको यो रोग नोभेम्बरदेखि पोर्चुगलमा फैलिरहेको छ। हालसम्म पोर्चुगलमा ३ सय २ जनामा रोग देखिएको छ। आठ जनाको ज्यान गइसकेको छ भने अन्य थुप्रैको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
महाशाखा प्रमुख डा. मरासिनीका अनुसार रोगका किटाणुयुक्त पानीका स–साना थोपा श्वासप्रश्वासमार्फत फोक्सोमा पुगेपछि २ देखि १० दिनको अवधिमा रोगका लक्षण देखिन थाल्छन्। एयरकन्डिसनर, पानीका फोहोरा, स्पा तथा नुहाउ“दा प्रयोग हुने सावर, पौडी पोखरीलगायत पानीका स्रोतबाट रोगका किटाणु मानिसमा प्रवेश गर्न सक्ने उनले बताए।
लिगिनेला निमोनिया भएका बिरामीबाट अन्य बिरामी वा चिकित्सकमा अस्पतालका औजार उपकरणमार्फत समेत संक्रमण हुनसक्ने हु“दा आइसोलेटेड आइसियुमा राखेर उपचार गर्नुपर्ने चिकित्सक बताउँछन्।
महाशाखाका अनुसार रोगले धेरैजसोलाई सामान्य रुघाखोकी जस्तो हुने र अन्यलाई उच्च ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, पखाला लाग्ने र अचेत हुनेजस्ता लक्षण देखिन्छ। 'यो रोगले वृद्ध, रोगप्रतिरोधी क्षमता कमजोर भएका, सुगर, एचआइभी, क्षयरोगका बिरामी, धूमपान गर्नेहरूमा बढी असर गर्छ,' डा. मरासिनीले थपे।
उनका अनुसार यो रोगले प्रत्येक २४ घन्टामा बिरामीको स्वास्थ्य अवस्था कमजोर पार्दै बढीमा तीन दिनभित्रै बेहोस अवस्थामा पुर्यारउँछ। डा. मरासिनीले निमोनियाको उपचार गराइरहेका बिरामीको उपचार क्रममा सावधानी अपनाउन आग्रह गरेको बताए। 'अस्पतालहरूले श्वासप्रश्वासका लागि प्रयोग गर्ने नेवुलाइजर, बाफ लिने मेसिनमा यो कीटाणु प्रवेश गर्यो भने मेसिन नै अर्को बिरामीले प्रयोग गर्न नमिल्ने हुन्छ,' मरासिनीले थपे।
महाशाखाले रोग पुष्टि भइसकेको अवस्थामा थप शंकास्पद बिरामीमा परीक्षण, यस्ता केस देखिएका स्थानको म्यापिङ गरेर ती क्षेत्रका पानीका स्रोतको नमूना परीक्षण गर्नुपर्ने उनले बताए।
बच्ने उपाय
महाशाखाले विज्ञप्ति जारी गरी रोगबाट बच्न पानीको स्रोत सफा र स्वच्छ राख्न, एयरकन्डिसनरको फिल्टर समय–समयमा सफा गरी किटाणुमुक्त राख्न, किटाणुमुक्त पानीको व्यवस्था नभएसम्म पानीका फोहोरा बन्द गर्न आग्रह गरेको छ। महाशाखाले सबै अस्पताल र होटलले पनि रोगको रोकथाममा विशेष ध्यान दिन र अस्पतालमा भर्ना हुन आउने बिरामीलाई छुट्टै आइसियु र वार्डमा भर्ना गर्न अनुरोध गरेको छ।
महाशाखाले अस्पताललाई शंकास्पद बिरामीका खकार, पिसाब र रगतको छुट्टै नमूना संकलन गरेर जानकारी गराउनसमेत आग्रह गरेको छ।

###
0 comments
Write Down Your Responses