नयाँ नगरपालिका सञ्चालन आजबाट
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं- सरकारले घोषणा गरेका ६१ नयाँ नगरपालिका सोमबारदेखि सञ्चालनमा आउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिका समेटिएका सम्बन्धित जिल्ला विकास समितिलाई पत्र लेख्दै नगरपालिकामा गाभिएका गाविस सचिवमध्ये सिनियरलाई निमित्त कार्यकारी अधिकृतको जिम्मा दिएर नगरपालिकाको हैसियतमा काम सुरु गर्न निर्देशन दिएको छ।
मन्त्रालयका सहसचिव गोपी खनालले सम्बन्धित जिविसलाई पत्र लेख्दै केन्द्र तोकिएको ठाउँमा तत्काल बोर्ड राखेर नगरपालिकाको हैसियतमा काम सुरु गर्न निर्देशन दिएको बताए। ‘सञ्चालन हुँदै आएको गाविसको कामकाज बन्द गरेर नगरपालिकाको हैसियतमा काम थाल्न १८ बुँदे निर्देशन दिइसकेका छौं,' खनालले नागरिकसँग भने, 'प्राप्त जानकारीअनुसार सबैजसो नगरपालिकामा सोमबारदेखि बोर्ड राखेर काम सुरु हुँदैछ।'
सहसचिव खनालका अनुसार मन्त्रालयले नवघोषित नगरपालिकामा कार्यकारी प्रमुख नपठाउन्जेलसम्म नगरपालिकामा गाभिएकामध्ये सबैभन्दा वरिष्ठ गाविस सचिवलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएर काम सञ्चालन गर्न समेत निर्देशन दिएको छ। उनका अनुसार मन्त्रालयले कार्यकारी प्रमुख खटाउनुअघि निजामती किताबखानामा नयाँ पद दर्ता गरेर सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी उपलब्ध हुनुपर्ने भएकाले त्यतिञ्जेलका लागि त्यहाँको काम प्रभावित नहोस् भनेर सिनियर गाविस सचिवलाई निमित्त दिन निर्देशन दिइएको हो। उनले नयाँ घोषणा भएका सबै नगरपालिकाको हैसियतमा काम सुरु गर्न प्रारम्भिक तयारी पूरा भएकाले सोमबारदेखि सबै नगरपालिकामा काम सुरु हुन्छ।
नगरपालिकामा समेटिएका सबै गाविसको बैंक खाता बन्द गरी कोष तथा लेखा नियन्त्रक कार्यालयको समन्वयमा नगरपालिकाको प्रमुख कार्यकारी अधिकृतको नाममा खाता सञ्चालन गर्न, गाविस सचिवलगायत सबै कर्मचारीलाई नगरपालिकाको काममा लगाउन र एकीकृत नगर विकास योजना तयार गरेर परिषदबाट स्वीकृत गराउन मन्त्रालयले निर्देशन दिएको छ। खनालका अनुसार नगरपालिकामा समावेश हुने गाविसको भोगचलन तथा स्वामित्वमा रहेका नगदी, जिन्सीलगायत सम्पूर्ण चल–अचल सम्पत्ति स्वतः नगरपालिकाको स्वामित्वमा हस्तान्तरण हुनेछ।
मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय विकास अधिकारीसमेत रहेको एक सहजीकरण समिति गठन गरेर काम सुचारु गर्न पनि सम्बन्धित जिल्ला विकास समिति कार्यालयलाई निर्देशन दिएको छ। नगरपालिकामा समेटिएका गाविस कार्यालय रहेको स्थानमा संयुक्त वडा समिति गठन गर्नुपर्नेछ। नगरपालिका स्थापना गर्दा गाविसमा भएका कर्मचारी नपुगे हाललाई जिविसमा रहेका कर्मचारीलाई काजमा खटाइने खनालले बताए। स्थायीरुपमा आवश्यक पर्ने पदका लागि लामो समय लाग्ने भएकाले मन्त्रालयले यस्तो निर्देशन दिने तयारी गरेको खनालले जानकारी दिए। उनका अनुसार नगरपालिका भइसकेपछि कार्यकारी अधिकृतबाहेक कर अधिकृत, इन्जिनियर, लेखा अधिकृत, प्रशासन अधिकृत, वातावरण अधिकृत, अमिन, नगरप्रहरीलगायतको दरबन्दी सिर्जना हुनेछ।

###
0 comments
Write Down Your Responses