अर्थ मन्त्रालयमा सबैभन्दा बढी भ्रष्टाचार : मन्त्री पण्डित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
‘डीभी पीआरमा सहयोग भएन’
पोखरा, मंसिर २३ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबैभन्दा बढी भ्रष्टाचार अर्थ मन्त्रालयमा हुने गरेको दाबी गरेका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सुशासनका लागि नागरिक समाज र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले मंगलबार पोखरामा गरेको अन्र्तक्रियामा मन्त्री पण्डितले आर्थिक चलखेल हुने गरेकै कारण अधिकांश कर्मचारीले अर्थ मन्त्रालयमै जान खोज्ने बताए ।

उनले सरुवा भएर अर्थ मन्त्रालयमा जानका लागि कर्मचारी जे गर्न पनि तयार हुने गरेको आरोप समेत लगाए ।

पैसाको चलखेल कम हुने भएकाले कर्मचारीहरु संवैधानिक निकायमा सरुवा भएर जान नमान्ने गरेको मन्त्री पण्डितले बताए ।

डीभी र पीआर लिएका कर्मचारीलाई कारबाही गर्न खोज्दा सबै क्षेत्रले आफूलाई असहयोग गरेको उनको भनाइ थियो ।

फाइल फोटो
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z