प्रतिनेपाली २० हजार ऋण
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं,मंसिर २३ – हरेक नेपालीको थाप्लोमा २० हजार ६९ रुपैयाँ ऋण पुगेको छ । प्रतिव्यक्ति आम्दानी भने ७१ हजार तीन सय पाँच रुपैयाँ (७१७ अमेरिकी डलर ) पुगेको छ । महालेखा नियन्त्रक कार्यालयले शुक्रबार सार्वजनिक गरेको असारसम्मको विवरणअनुसार नेपालको कुल ऋण दायित्व पाँच खर्ब ५३ अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
कुल ऋण दायित्वमा आन्तरिक ऋण दुई खर्ब ६ अर्ब ६८ करोड ८६ लाख र वैदेशिक ऋण तीन खर्ब ४६ अर्ब ८१ करोड ९१ लाख छ । नेपालको कुल जनसंख्या दुई करोड ७५ लाख ८० हजारलाई आधार मान्दा प्रतिव्यक्ति कुल ऋण दायित्व २० हजार ६९ रुपैयाँ पुगेको हो । नेपालको ऋण दायित्व अघिल्लो वर्ष ०६९–७० को तुलनामा गत वर्ष ३६ रुपैयाँले घटेको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

###
0 comments
Write Down Your Responses