खेलकुदलाई राजनीतिबाट मुक्त गर्नुपर्छ : दाहाल, विमलालाई एक लाख
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर २० । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् ।
१७औं एसियाडकी कास्यपदक विजेता कराँते खेलाडी विमला तामाङलाई शनिबार राजधानीमा सम्मानित गर्दै उनले राष्ट्रलाई चिनाउन खेल क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
पदक विजेता विमलालाई अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपालले एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।
सम्मानित विमलाले मुलुकका लागि पदक जित्न पाउँदा अत्यन्तै खुसी लागेको भन्दै आफूलाई भविष्यको लागि स्वर्ण पदक जित्न हौसला मिलेको बताइन् ।

###
0 comments
Write Down Your Responses