किन सस्तो हुँदै छ तेल ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पछिल्ला दिनमा तेलको मुल्यमा गिरावट आएको छ। तेलको मुल्यमा गिरावट आए पछि उपभोक्ता खुसी छन्। अन्तराष्ट्रिय तेल बजारमा जारी उथल-पुथलले तत्काललाई फाइदा भए पनि यो खुसीयाली कहिले सम्म रहला? अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा जून २०१४ देखि आज सम्म ३० प्रतिशतले कमि आएको छ। यसको पछि के कारण छ?



अमेरिकामा जसरी शेल तेल र ग्यासको उत्पादनमा वृद्दि भएको छ त्यसले उसको मध्यपूर्वका देशसँगको निर्भरतालाई अन्त्य गरेको छ। यो पहिलो कारण हो। उसको उत्पादन यसरीनै वृद्दि हुँदै जाने हो भने आगामी समयमा अमेरिका पेट्रोलीयममा आत्मनिर्भर पनि हुन सक्छ। विश्वको ठूलो तेल उपभोक्ता देशमा यस्तो हुनुले ति देशको चिन्ता बढेको छ, जसले तेल निर्यात गर्थे।
उता साउदी अवरवले तेलको मुल्य घटाएर त्यसको सिधा असर अमेरिकी शेल ग्यास र तेलको अर्थव्यवस्थामा पार्न चाहन्छ।
यसमा राजनैतिक कारण पनि जोडिएका छन्। किन भने रुस आफ्नो ५०% अर्थव्यवस्थाको लागि तेल र ग्यासमा निर्भर छ। तेलको मुल्यमा गिरावट गराएर अमेरिका र पश्चिमा देशहरुले रुसको अर्थव्यवस्थालाई प्रभावित बनाउन चाहन्छन्। युक्रेनको लागि पश्चिमा देश र रुसबीच निकै तनाव छ। पश्चिमाहरु यसमा पनि तेल राजनीतिको प्रयोग गरेर रुसलाई कमजोर बनाउने प्रयासमा छन्।
यसको अलवा इरानको अर्थव्यवस्था र राजनीतिक स्थिरतामा खलवल गराउन पनि साउदी अरवले तेलको मुल्य कम बनाउन चाहन्छ।
भातमा प्रयोग हुने ८० प्रतिशत तेल विदेशवाट आयात हुने गर्छ। तेलको मुल्य कम हुनाले भारतलाई निकै फाइदा पुगेको छ।
तेल विक्रेता देशहरुबीचमा भारतलाई सस्तोमा तेल बेच्ने होडनै चलेको छ। यो तत्कालको लागि भारतलाई राम्रो खवर हो।
तर स्थिति यहीरुपमा चल्ने हो भने विश्व अर्थव्यवस्थामा मन्दी आउन सक्छ। जुन कसैको लागि पनि सुखद खवर हुने छैन।
तेलको राजनीतिमा जसरी दिवाली मनाइएको छ यो लामो समय टिक्ने भने छैन। भारतले यो दिवाली मनाउनको लागि दिर्घकालिन रणनिति बनाउन आवस्यक छ।
'भोली के हुन्छ भगवान मात्र जान्दछन्' तेलको दुनियमा यो भनाई प्रशिद्द छ। तेल राजनीति जसरी चलिरहेको छ यो कमसेकम १ बर्ष रहन सक्छ। एक बर्षसम्म अन्तराष्ट्रिय स्तरमा एक व्यारल तेलको औसत मुल्य ७० डलर रहने सम्भावना छ। डेढ बर्ष सम्म तेलको मुल्यमा दवाव रहने छ। यो सवै मिलाएर माथि जाने छ र फेरी घट्ने छ। यो स्थितिको लागि तयार रहन जरुरी छ
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z