बसमा करेन्टः प्राधिकरणले लापरबाही स्वीकार्‍यो, मृतकका परिवारलाई जनही ५ लाख
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सिन्धुपाल्चोक, पौष ७ । सिन्धुपाल्चोकमा बसमा करेन्ट लागेर मृत्यु हुनेका परिवारले क्षतिपूर्ति पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणले आफ्नो चरम लापरबाही भएको स्वीकार्दै मृतकका आफन्तलाई जनही ५ लाखका दरले राहत रकम उपलब्ध गराउने बताएको हो ।

सोमबार

दिउँसो जिल्लामा बसेको सर्वपक्षीय बैठकले समेत प्राधिकरणलाई नै दोषी ठहर गरेपछि प्राधिकरण क्षतिपूर्ति दिन सहमत भएको हो । विद्युत प्राधिकरणले किरिया खर्च १५ बापत हजार दिने समेत घोषणा गरेको छ ।

दुर्घटनामा घाइते भएका सबैको उपचार खर्च ब्योहोर्न पनि प्राधिकरण तयार भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्राधिकरणको लापरबाहीले हालसम्म सिन्धुपाल्चोकमा २५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् ।

सिन्धुपालचोकको बराम्ची २ बालुवा भन्ने ठाउँमा आइतबार गुडिरहेको बसले विद्युतको तार छुँदा करेन्ट लागेर ४ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z