संविधानसभामा तालाबन्दी, सभासद् बाहिरै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कठमाडौं : संविधानसभाको बैठक बस्ने नयाँ बानेश्वरस्थित सम्मेलन केन्‍द्रका कर्मचारीले अतिरिक्त भत्ताको माग राख्दै संविधानसभा प्रवेश गर्ने सबै गेट तथा ढोकामा तालाबन्दी गरेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन अन्तराष्ट्रिय सम्मेलन केन्द्रले बिहान दसबजेदेखि नै तालाबन्दी गरेको हो। प्रवेश गर्ने सबै द्वारहरुमा तालाबन्दी भएकोले त्यहाँ पुगेका सभासद्, कर्मचारी तथा मर्यादापालक बाहिरै उभिएका छन्। उनीहरुको मागका सम्बन्धमा सिंहदरबारमा संसद्का महासचिव मनोहरप्रसाद भट्टराई र कर्मचारी संगठनका खगरामप्रसाद पौडेलबीच वार्ता भइरहेको छ।

उनीहरुले संसद् सचिवालयका कर्मचारीले सरह आफूहरुले पनि अतिरिक्त माग भत्ता पाउनुपर्ने माग राख्दै भदौं २० गतेदेखि नै विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका थिए। पटकपटक माग राख्दा पनि वास्ता नगरेकोले तालाबन्दी गर्नुपरेको र माग पुरा नभएसम्म ताला नखुल्ने पौडेलले बताए। संसद्का कर्मचारीले असी प्रतिशतसम्म अतिक्ति भत्ता पाए पनि केन्द्रका कर्मचारीलाई यो सुविधा दिइएको छैन ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z